प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

फाइल फोटो ।

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भंग गर्ने कार्यलाई कांग्रेसले संविधान विपरित भन्दै आएको छ । कांग्रेसले यसअघि संसद विघटनका विरुद्धमा पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा