Saturday, February 27, 2021
Home विदेश अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ । पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन् । यी हत्याहरुले राजधानी काबुल सहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार ५०० मा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो आक्रमण भएको छ । दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिनुभयो । “दुर्भाग्यवस, आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमाएका छौं । उनीहरुका सवारी चालक घाइते भएपनि सकुशल छन् ।”

प्रवक्ता क्वाइमका अनुसार अफगानिस्तानका उच्च अदालतमा २०० भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन् । काबुल प्रहरीले पनि आक्रमणको पुष्टी गरेको छ । अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए ।

हालैका महिनामा राजनीतिकर्मीहरु, पत्रकारहरु, अधिकारवादीहरु, चिकित्सक र कानुन व्यवसायी समेतका माथिल्लो पंक्तिका धेरै अफगानीहरुलाई लक्षित गरी काबुल र अन्य शहरमा दिनदहाडै सिलसिलाबद्ध आक्रमण भइरहेका छन् । अफगान अधिकारीहरुले ती आक्रमणहरु तालिबान समूहले गराएको आरोप लगाउँदै आएका छन् तर तालिबान समूहले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ । कतिपय हत्याको जिम्मेवारी भने जिहादी इस्लामिक स्टेट समूहले लिने गरेको छ ।

यसै महिनाको शुरुमा अमेरिकी सैन्य कमान्डले अफगानिस्तानमा भइरहेका आक्रमणहरु तालिबानबाट भएको दाबी गरेको थियो । अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता कर्णेल सोन्नी लिगेटले ट्वीट गर्दै अफगानिस्तानमा भइरहेका आक्रमणमा तालिबानको संलग्नता रहेको पाइएको र त्यसले शान्ति कायम गर्ने अफगान जनताको चाहनामाथि कुठाराघात गर्ने बताउनुभएको थियो ।

तालिबान र अफगान सरकारबीच कतारको राजधानी दोहामा शान्ति वार्ता जारी रहेकै अवस्थामा अफगानिस्तानमा हिंसात्मक घटना बढेको भन्दै सर्वत्र चिन्ता पनि व्यक्त गरिएको छ । अफगानिस्तानका गुप्तचर निकायका प्रमुख अहमद जिया सिराजले सन् २०२० मा तालिबान समूहले देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको संसदलाई जानकारी दिनु भएको छ ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

औषधि विभागका अधिकृत रु दुई लाख घुससहित पक्राउ

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय...

राष्ट्रिय गौरवका आयोजना राष्ट्रिय रोग बन्दै ‘ढिलासुस्ती’

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाए पनि विगतमा जस्तै हुने ढिलासुस्ती भने हटेको छैन । विकास र समृद्धिको मुख्य नारा लिएको सरकारले...

सरकारको प्राथमिकतामा मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरणसँगै लामो समयदेखि पर्खाइमा रहेको मेलम्ची खानेपानी अबका दुई महिनाभित्र काठमाडौंमा आउने आयोजनाले जनाएको छ । यसले काठमाडौंमा...

कथा : घूस

‘घूस नखुवाई प्रमोसन त पाएको पायै हो ?’ चामलमा सलबलाइरहेका घुन टिप्दै अनि नाक चेपार्दै झर्कोफर्को सुनाउँदै थिइन्, श्रीमती । म कान थापिरहेको थिएँ ।...

प्रतिबन्ध फुकुवा गरे विप्लप वार्तामा बस्ने

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले शनिबार वक्तव्य...

ट्रेन्डिङ

बालिकाको मुख थुने अनि खेतमा लगेर बलात्कार

रौतहट । बालिका बलत्कारको आरोपमा रौतहटमा एक युवक पक्राउ परेका छन । कटहरिया नगरपालिका वाड नं. १ भसेढवा परसबनि टोलका हरिदासका ३५ वर्षीय छोरा...

यस्तो छ प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना

बेइजिङ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र...

अधिकांश व्यापारिक केन्द्रका ६० प्रतिशत पसल बन्द

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै अहिले राजधानीमा व्यापारिक चहलपहल निकै घट्न थालेको छ । सरकारले गत ६ असारबाट तीन महिना बढीको लकडाउन हटाइदिएपछि...

आजदेखि मौसम सुधार

काठमाडौँ । विगत केही दिनयता नेपालमा विकसित मौसमी प्रणालीहरु क्रमशः हटेर बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही...

खुला हुँदा अझ बढी होसियार रहौं

सरकारले लगभग चार महिनापछि लकडाउन पूर्ण रूपमा खुला गरे पनि कोरोना महामारीको संक्रमण कम हुने देखिएको छैन । लकडाउनले जनजीवनलाई सामान्यीकरण गर्न ठूलो मद्दत...

आहा ! इलामको पाटेनागी

इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यसो त, पाटेनागी क्षेत्र विकासमा इलाम नगरपालिकाले...

समुदायस्तरमा संक्रमण फैलिन नदिने प्रयास भएको छ

नगरपालिकाले कोरोना महामारीको समयमा के गरिरहेको छ ? काठमाडांै, सुनौली, बुटवल र भैरहवबाट घर फर्किन चाहनेका लागि सवारी साधनको व्यवस्था गरी घरसम्म ल्याउने काम भयो...

संक्रमण बढेपछि धनकुटामा निषेधाज्ञा थप कडा पार्ने निर्णय

धनकुटा। धनकुटामा सोमबारबाट निषेधाज्ञामा कडाई गरिने भएको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिनका लागि आईतबार राती १२ बजेदेखि १७ गते राती १२ बजेसम्म...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

धेरै पढिएका

प्रधानमन्त्रीको भन्छन् : संसद पुनस्थापना भए जनता सडकमा जान्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । उनले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला...

प्रचण्ड-नेपाल समूहद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको हिजो बसेको बैठकमा...

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

विश्वभर कोभिड–१९ विरूद्धको २० करोड खोप प्रयोग, खोपको अत्यधिक परिणाम धनी राष्ट्रमा

पेरिस । कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)