३२२ जना संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार ३०६ जनाको स्वास्थ्य परीक्षण गर्दा १२४ महिला र १९८ पुरुष गरी ३२२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार ६४४ पुगेको छ । त्यस्तै पछिल्लो समय ३७४ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६१ हजार ८१८ पुगेको छ । अहिले देशभर ३ हजार ८६१ सक्रिय सङ्क्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९६५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 213 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ