Saturday, February 27, 2021
Home बिचार त्रिभुवन विश्वविद्यालयमा जागरण जरुरी

त्रिभुवन विश्वविद्यालयमा जागरण जरुरी

नेपालको सबैभन्दा ठूलो र पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले आलोचनाको केन्द्रमा रहेको छ । यस मातहतका क्याम्पस तथा निकाय पनि टीकाटिप्पणी र आलोचनाको विषय बन्न पुगेका छन् । सबैभन्दा पुरानो र सबैको गुरु भएका कारणले पनि यो आफैमा अब्बल हुनु जरुरी थियो । अहिले देशमा निजी विश्वविद्यालय छ्याप्छयाप्ती खुल्दा यसले आफ्नो विगत र विरासतको अब्बल रूपमा रक्षा गर्नु जरुरी थियो । त्यसो हुन सकिरहेको देखिँदैन । विशाल र भव्य पूर्वाधारसहित देशव्यापी झांगिन पुगेको यो विश्वविद्यालय प्राणबिनाको शरीरमा रूपान्तरतण त हुँदै छैन भन्ने प्रश्न उठिरहेको छ । देशभरका मेधावी विद्यार्थी तथा खोज अनुसन्धानकर्ता र जानी तथा विद्वत्वर्गको केन्द्र बनिरहेको त्रिवि अबका दिनमा गम्भीर आलोचनाको विषय बन्नु आफैंमा लज्जाको विषय हो । यसको शैक्षिक तथा पूर्वाधार निर्माणका लागि आन्तरिक प्रशासन जीवितै छ । भीसी कार्यरत रहेकै छन् । हरेक विषय र विभागका डीनहरू पनि बर्करार नियुक्ति पाएर बसिरहेकै छन् । तर, कमजोरी के कुरामा रह्यो र आज त्रिवि आलोचनाको केन्द्रमा रहन पुगेको छ ? गम्भीर आत्मसमीक्षा हुन जरुरी छ ।

यो गम्भीर विषय बनिरहेको छ । आलोचनाको प्रमुख कारण हो, यसले विद्यार्थीलाई परिवर्तित परिस्थितिअनुसार अध्ययन अध्यापन गराउन सकिरहेको छैन । शैक्षिक गुणस्तर कायम गर्न सकिरहेको छैन । ज्ञान र खोजको भोक जागृत गर्न र नयाँ नयाँ कुराको अध्ययन र अनुसन्धान गर्न गराउन सकिरहेको छैन । यसले बदलिँदो समयलाई सम्बोधन गर्न र भविष्यलाई आशा र सिर्जनातिर डो-याउन सकिरहेको छैन । बर्सेनि अर्बौं रुपैयाँ यसमा कार्यरत कार्मचारीका लागि खर्च गरिए पनि तदनुरूपको उपलब्धि यसले देखाउन सकिरहेको छैन । देशभरका विद्यार्थीको आशा र आकर्षण यस संस्थाप्रति हुन सकिरहेको छैन । बरु विकर्षण बढिरहेको छ । देशको मुहार बदल्ने शिक्षाको मेरुदण्डका रूपमा रहेको केन्द्रीय विश्वविद्यालय यस्तो रुग्ण अवस्थामा रहनु देशका लागि शुभ कुरा हुँदै होइन । एउटा चिनियाँ उखान छ– ‘एक वर्ष बाँच्नुछ भने धान रोप, १० वर्ष बाँच्नुछ भने रुख रोप र यदि सय वर्ष बाँच्नुछ भने शिक्षा रोप ।’ शिक्षा व्यक्तिको सय वर्षे जीवनका लागि हो । समाज रूपान्तरणका लागि हो । देशको मुहार परिवर्तनका लागि हो । त्यसैले पनि त्रिविको रुग्णताको नकारात्मक असर आगामी सयौं तथा हजारौं वर्षसम्म हुने स्पष्ट छ ।

त्रिवि र यस मातहतका शैक्षिक संस्थाहरूमा प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापकहरू कार्यरत छन् । सरकारले विनियोजित गरेको बजेट यी संस्थामा पुग्ने गरेको छ । यहाँ रहेका ल्याबहरू पनि जस्ताका तस्तै छन् । कसैको पनि सेवा सुविधामा कटौती गरिएको छैन । तर, पनि यहाँ चाहिनेभन्दा बढी राजनीति गरिएको छ । जुन पार्टीको सरकार आउँछ, त्यसैको भीसी त्रिविमा नियुक्त हुनुपर्ने परम्पराले यो प्रशासनिक क्षेत्रमा कार्यकर्ता पाल्ने थलो त हुँदै छैन भन्ने प्रश्न नउठेको पनि होइन । तर, यसको निवारण कुन विश्वास र परिपाटीमा हुने भन्ने कुराको टुंगो नै छैन । सरकार जसको आओस् वा जाओस् तर त्रिविमा शैक्षिक जागरण जरुरी छ ।

(Visited 45 times, 1 visits today)
Loading comments...

आजको समाचार

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

साताका लोकप्रिय समाचार

दुई महिनाभित्रै काठमाडाैंका धारामा मेलम्चीको पानी

सिन्धुपाल्चोक । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दोस्रोपटक पानी पथान्तरण सँगै अबको दुई महिनाभित्र मेलम्चीको पानी राजधानी काठमाडांै आउने भएको छ । राजधानीवासीको प्यास मेट्ने...

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

प्रतिबन्ध फुकुवा गरे विप्लप वार्तामा बस्ने

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ । महासचिव विप्लवले शनिबार वक्तव्य...

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख...

ट्रेन्डिङ

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

प्रधानमन्त्री ओली आज धनगढी जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा विघटन...

जिल्ला अस्पताल दार्चुलामा आइसोलेसन कक्ष

दार्चुला। जिल्ला अस्पताल दार्चुलामा दुई बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोनाको विश्वव्यापी संक्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि आइसोलेसन कक्ष...

नेकपाको आज बस्ने भनेको स्थायी समिति बैठक स्थगित, दाहाल ओली भेट्न बालुवाटारमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुुगेका छन् । आजको छलफल हिजाको...

सोह्र श्राद्ध : कुन तिथि कतिखेर

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न...

रेड वाइनमा पल र साम्राज्ञी अनुबन्धित

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै चलचित्रमा देख्न पाइने भएको छ । यी दुवै अभिनेता अभिनेत्री नयाँ चलचित्र रेड...

मार्बलले किचेर गम्भीर घाइते बनेका कामदारको हेलिकोप्टरबाट उद्धार

खोटाङ । गाडीबाट झार्ने क्रममा मार्बलले किचेर गम्भीर घाइते बनेका दुई कामदारको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन गाडीमा ल्याइएको...

बहुला कुकुरले टोकेको गाई, भैंसी र खसी मर्न थाले

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलामा रेविज रोगेको बहुला कुकुरले टोकेको कारण बस्तुभाउ मर्न थालेका छन् । २८ दिनअघि बहुलाहा कुकुरको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

धेरै पढिएका

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका...

भ्याक्सिन्ड पर्यटक र एक्सपिरियन्स्ड पर्यटन

कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र विस्तारै भ्याक्सिन्ड पर्यटनको नाममा तंग्रिन खोज्दै छ । कोरोना महामारी नियन्त्रण गर्न विश्वभर भ्याक्सिन लगाउने कार्य तीव्र गतिमा बढिरहेको...

‘वरदान’मा दयाहाङ राई र नम्रता श्रेष्ठकाे अभिनय

 काठमाडाैं । दयाहाङ राई र नम्रता श्रेष्ठले 'वरदान' नामक सर्ट फिल्ममा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मको छायांकन शनिबार...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)