प्रदेश १ को प्रदेशसभा बैठक ३ मिनेट बसेर स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन हुने भनिएको थियो ।

सभामा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । करीब २ः१० को समयमा शुरु भएको बैठक तीन मिनेटपछि सभामुखले बैठक स्थगन भएको सूचना सभामा सुनाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 503 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल