Monday, July 26, 2021
Homeप्रदेशप्रदेश २प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल भइरहेको छ : मुख्यमन्त्री राउत

प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल भइरहेको छ : मुख्यमन्त्री राउत

,
sharethis

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनको लागि संघ सरकार इमान्दार हुन नसकेको बताएका छन् ।

मानव अधिकार पत्रकार संघले जनकपुरमा आज आयोजना गरेको संघीयता कार्यान्वयनमा सरोकारबलाको भूमिका विषयक कार्यशालामा मुख्यमन्त्री राउतले विविधता भित्रको एकतालाई दर्शाउन मुलुकमा संघीयता ल्याइए पनि कार्यान्वयन गर्ने पक्ष इमान्दार हुन नसकेको बताए ।

उनले संघीयता कार्यान्वयनको लागि सबै भन्दा महत्वपूर्ण पक्ष रहेको प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेलहरु भइरहेको उल्लेख गर्दै भने, ‘शुरुमा कामै न लाग्ने कर्मचारीहरु पठाइयो, बजेटको बाँडफाँड पनि अन्याय पूर्ण भयो । कसरी संघीयता कार्यान्वयन हुन्छ ।’

उनले केन्द्रिकृत एकात्मक सोच बोक्नेहरु संघीयतालाई कमजोर गर्ने जति प्रयास गरे पनि अवको पाँच वर्षमा मुलुक कोल्टो फेर्नेमा आफु विश्वस्त रहेको बताए । उनले भने, ‘गाउँ गाउँमा विकासको आभास भइरहेको छ, जनताको घर घरमा प्रदेश सरकारको अनुभूति गराउने काम भइरहेको छ ।’

मानव अधिकार पत्रकार संघको अध्यक्ष घनश्याम खडकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, प्रदेश सभा सदस्य, नागरिक समाज र पत्रकारहरुको सहभागिता रहेको थियो ।

(Visited 166 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

साताका लोकप्रिय समाचार

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’

  सिन्धुपाल्चोक । बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक...

स्काउट दीक्षान्त गर्ने गोदावरी पहिलो स्थानीय तह

चापागाउँ (ललितपुर) । नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई ‘स्काउट दीक्षान्त’ गर्ने गोदावरी पहिलो नगरपालिका बनेको छ । देशभरका ७ सय ५३ स्थानीय तहमा...

ट्रेन्डिङ

काेराेनाकाे डरले अस्पताल जान छाडे बिरामी

चितवन । चितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ । सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्, अस्पतालले भर्ना लिदैनन् र गेटबाटै फकाउँछन् भन्ने हल्लाका...

तीन सदस्यीय राहत समिति गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण आफ्ना सदस्य संस्थाहरूलाई राहत वितरण गर्न तीन सदस्यीय राहत...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)