मुम्बई । बलिउड अभिनेता अक्षयकुमारको नयाँ फिल्म ‘बेल बटम’ अब तत्काल रिलिज नहुने भएको छ । उनको नयाँ फिल्म बेलबटमलाई आगामी २ अप्रिलमा रिलिज गर्ने घोषणा गरिएको थियो । कोरोना संक्रमणले भारत ग्रस्त भएको बेला अभिनेता अक्षय कुमारले लकडाउनको बीचमा पनि यो फिल्मको बिदेश गएर छायांकन गरेका थिए ।
फिल्मलाई अप्रिलमा डिजिटल प्लेटफर्म र सिनेमा हलमा एक साथ रिलिज गर्ने घोषणा गरिएको थियो । तर, निर्देशक रोहित सेट्ठीले त्यो समयमा उनको अर्को फिल्म ‘सूर्यवंशी’ रिलिज गर्नुपर्ने भन्दै सो फिल्मको काम सक्न अनुरोध गरेपछि अक्षयको सूर्यवंशीलाई यतिबेल महŒव दिएका छन् ।
यसअघि यो फिल्मलाई डिजिटल प्लेटफर्मबाट मात्र रिलिज गर्ने भनिएको थियो । तर, दुई महिनाअघिबाट भारतमा सिनेमा हल खुलेपछि फिल्म बेल बटमलाई हलमा पनि रिलिज गर्ने तयारीमा निर्मात जैकी र वासु भगनानी जुटेका छन् । केही ढिला भए पनि उनले यो फिल्मलाई अब हलमा पनि रिलिज गर्ने भएक छन् ।