२० हजार घुससहित धनुषाका वडासचिव पक्राउ

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुन्धान आयोगका टोलीले एकजना सेवाग्राहीसंग घूस लिइरहेको बेला धनुषाको एक वडासचिवलाई आज पक्राउ गरेको छ ।

धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडा सचिव सुशिल ठाकुर २० हजार घुससहित अख्तियार दुरुपयोग अनुन्धान आयोगको फन्दामा परेका छन् । सचिव ठाकुरले जन्म प्रमाणितको सिफारिस वापत २० हजार रुपैयाँ मागेपछि पक्राउ परेका हुन् ।

जन्म प्रमाणित गराउन एक सेवाग्राहीलाई २० हजार रुपैयाँ घुस दिन भनेपछि गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।

ठाकुरलाई २० हजार रुपैयाँ लिसकेको अवस्थामा रकमसहित उनकै कार्यकक्ष (अफिस) बाट नियन्त्रणमा लिएको हो । सचिव ठाकुरलाई अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा लगिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 404 times, 1 visits today)

epaper

ताजा समाचार

महाधिवेशन सुरु नहुँदै देखिन थाल्यो रास्वपामा गुट