८६ बर्षिय पाण्डेल पाए नयाँ जीवन

दोलखा । ५० सेन्टिमिटर सानो आन्द्रा कुहिएका ८६ बर्षिय दलबहादुर पाण्डेले पूनर्जन्म पाएका छन् । भिमेश्वर नगरपालिकाको लगानीमा संचालित दोलखाको सदरमुकाम चरिकोटमा रहेको अस्पतालले मेलुङ गाउँपालिका १ का बृद्धाको ५० सेन्टिमिटर कुहिएको सानो आन्द्रा पालिस्टयाङगुलेटेड हर्निया शल्याक्रिया गर्दै उनलाई नयाँ जीवन दिएको हो । अहिले पाण्डेको अबस्था समान्य रहेको छ । उनको उपचार समेत निशुल्क भएको छ ।

डाक्टर बिनोद दंगालका अनुसार दोलखाको ग्रामिण भेगबाट उपचारको लागि आएका यि बिपन्न नागरिकको उपचार काठमाण्डौ सम्म पुर्याउन आर्थिक कारण पनि सम्बभ थिएन । दंगाल भन्छन् ‘काठमाण्डौका अस्पतालमा यो शल्याक्रियाको करिब २ देखी ३ लाख लाग्थ्यो ।’

नागरिको आर्थिक अबस्थालाई हेरी चरिकोट अस्पतालका डाक्टर बिनोद दंगालको नेतृत्वमा रहेको डां घाश्याम शाह, हिमशैल खड्का, नर्स फेसी जिरेल,रश्मी बासिको टोलीले अप्रेसन गरेको थियो ।

न्याय हेल्थ नेपालले चलाउदा दैनिकरुपमा ३ सय देखी ४ सय को संख्यामा बिरामीहरु आउने गरेको यो अस्पतालमा अहिले दैनिक डेढ दुई सय बिरामी आउने गरेका छन् । निशूल्क उपचार सेवा र उत्कृष्ठ स्वास्थ्य सेवा उपलब्ध भएकोलले बिरामीको चाप बढेको डक्टरहरुको भनाई छ ।

२०७७ कार्तिक १५ बाट न्याय हेल्थले औपचारिक रुपमा छोडेको यो अस्पतालले तीन महिना यता ४ सय ९० जनाको डेलिभरी,सिजेरियन सेक्सन एक सय, मेजर शल्यक्रिया गरेको छ । एक सय १०,ओपिडि बिरामी १५ हजार,ईर्मजेन्सी सेवा एक हजार ९ सय,कोभिड बिरामी एक सय र पिसिआर टेष्ट १५ सयको गरेको डाक्टर रिना लामिछानेले बताईन ।

२०७२ माघ ५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र न्याय हेल्थ नेपालबीच चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार ५० भन्दा बढी बेड क्षमताको हुने गरी १० वर्षसम्म सञ्चालन गर्न सम्झौता भएको थियो । सम्झौतामा तोकिएको अवधिभर पर्याप्त स्वास्थ्यकर्मी, निःशुल्क औषधि उपचारसँगै सम्पूर्ण सेवासुविधा निःशुल्क रूपमा प्रदान गर्नुपर्ने थियो । जनताको मन जित्दै न्याय हेल्थ नेपालले भुमिका निर्वाह पनि गर्यो । तर,राजैतिक दल बिचको बिवादको कारण अस्पातल नै छोडेर संस्था हिडेको छ । अहिले भीमेश्वर नगरपालिकाको पहलमा प्रदेश अस्पतालमा रुपान्तरण हुदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

जहाँ पाक्छ निःशुल्कमा खाना