प्रदर्शन मिति तय भयो परदेशी–२ को

काठमाडौं । चलचित्र ‘परदेशी–२’ छायांकन सकिएको छ । गत चैतमा कोरोनाको कारण छायांकन रोकिएको यो चलचित्रको बाँकी छायांकन गत महिनाबाट गरिएको थियो । निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरी ५० दिन लगाएर फिल्मको छायांकन गरिएको बताए । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानमा फिल्मको छायांकन गरिएको छ ।

यसैक्रममा यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । अब यो चलचित्र २०७८ को दसैंमा प्रदर्शन हुने यसका निर्देशक नारायण रायमाझीले बताएका छन् । फिल्मको कथा दसैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दसैंलाई नै रोज्नुपरेको निर्देशक नारायण रायमाझीले बताए । उनले फिल्मको विषयवस्तुले दर्शकको मन छुने बताए । ‘हामीले यसपटक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरूको विषयवस्तुलाई केन्द्रमा राखेका छौं । जुन विषयवस्तुलाई दर्शकले रुचाउनुहुनेछ,’ निर्देशक रायमाझीले भने ।

निर्माता वंशलले छायांकन सकिएको र परिस्थिति सामान्यतर्फ फर्किंदै गरेको हुनाले प्रदर्शन मिति तय गरिएको बताए । ‘यस वर्षको दसैंमा प्रदर्शन गर्ने सोचका साथ फिल्मको छायांकन सुरु गरेका थियौं तर कोरोना महामारीका कारण सम्भव भएन । अब आउँदो वर्ष दसैंमा प्रदर्शन गर्छौं,’ उनले भने ।

परदेशी–२ मा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देवेन्द्र बब्लुलगायतका कलाकारको अभिनय छ । लोकगायक प्रकाश यसै फिल्ममार्फत अभिनेताको रूपमा डेब्यु गर्दै छन् ।

फिल्मको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहेका गीतकार रमेश विजीले तयार पारेका हुन् । नारायण इन्टरनेसनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रूपमा फिल्म निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 494 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा १७ जना विरुद्ध उजुरी