काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षको मागदाबीलाई अस्वीकार गरेको छ । आइतबार बसेको बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आ आफ्नो ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नभएको आयोगले जनाएको छ ।
दलको विधानलाई आधार मानेर सोधिएका प्रश्नमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन सकेको छैन ।