दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षीय गोमबहादुर बुढा छन्

थाहाखेलबाट फर्पिङ आउँदै गरेको बा ३ ख ६१९९ नम्बरको ट्रक राति साढे ८ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार कृष्ण थपलिया लालबन्दी नगर वाङ्मय परिषदद्वारा पुरस्कृत