कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।

छविसपाथिभेरा—३ स्थित वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मङगलबार साँझ उनलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज पार्टीका तर्फबाट विज्ञप्ति जारी गरी उक्त घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न आक्रमणकारीको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न माग गरेका छन् । सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय भएको उल्लेख गर्दै कांग्रेसले पछिल्लो समय नेकपाका कार्यकर्ताहरुबाट पार्टीका नेता/कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका जनाएको छ ।

नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौती दिन थालेका भन्दै कांग्रेसले भविष्यमा यस्ता घटनाहरु पुनः नदोहो-याउन र जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत नेकपालाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वस्तिक छापको विषयमा विवाद भएपछि भरतपुरको मतगणना स्थगित