Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश १विद्यार्थी बलात्कार गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद

विद्यार्थी बलात्कार गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद

,
sharethis

धनकुटा । जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ बर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकामाथि पटक–पटक भएको यौन शोषणको घटनामा धनकुटा–६ का शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई अदालतले दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले शिक्षक अधिकारीलाई १८ बर्ष ६ महिना कैद तथा अत्री, श्रेष्ठ र मगरलाई १८ बर्ष कैद सजाय तोकेको छ । त्यस्तै चारै जनालाई जनही १ लाख ५० हजार क्षतिपूर्ति र २५ हजार जरिवाना तोकिएको छ । बलात्कृत बालिकालाई पढाउने शिक्षकसमेत भएकाले अधिकारीलाई संरक्षकका हिसावले अन्य व्यक्तिको तुलनामा थप ६ महिना कैद सजाय तोकिएको जिल्ला अदालतका श्रेस्तेदार राजन वास्तोलाले जानकारी दिए । ‘शिक्षक आफैमा संरक्षक पनि हो । शिक्षकले विद्यार्थीलाई संरक्षण गर्नुपर्ने दायित्व हुन्छ ।’ श्रेस्तेदार वास्तोलाले भने–‘संरक्षकबाटै यौन शोषण भएकाले शिक्षक अधिकारीलाई अन्यको भन्दा थप ६ महिना सजाय बढी तोकिएको हो ।’

धनकुटा–६ स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ती बालिकामाथि लामो समयदेखि पटक–पटक यौन शोषण हुँदै आएको घटना गत जेठ पहिलो साता सार्वजनिक भएको थियो । सोही विद्यालयका शिक्षक अधिकारीसहित स्थानीय चार जनाबाट पटक–पटक यौन शोषणको सिकार भएकी बालिकाको पेटमा गर्भ रहेर पेट बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य खुलेको थियो । बालिकाले आफुलाई ललाई फकाई छ महिनायता विभिन्न ठाउँमा लगेर चार जनाले फरक–फरक समयमा पटक–पटक शारीरिक सम्पर्क राखेको बयान दिएकी थिइन् ।

त्यसपछि पीडित बालिकाका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो । १८ बर्ष मुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क गरेपनि सम्पर्क गर्ने व्यक्तिबिरुद्ध जबरजस्ती करणी (बलात्कार) कसुर अन्र्तगत कारबाही हुने कानूनी व्यवस्था भएकाले प्रहरीले उनीहरु बिरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेको थियो ।

यता, नेकपा धनकुटाको प्रचार बिभागका उपाध्यक्षसमेत रहेका शिक्षक अधिकारीले आफु निर्दोश रहेको दावी गर्दै विज्ञप्ति समेत सार्वजनिक गरेका थिए । तर, अन्ततः अदालतले उनीहरु चारै जनालाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । यसैबीच, यौन शोषणमा परेकी बालिकाले करिब तीन महिना पहिले नै बच्चासमेत जन्माएकी छन् । उनी अहिले बच्चासहित महिला पुर्नस्थापना सेवा केन्द्रको संरक्षणमा बस्दै आएकी छिन् ।

तपाइको प्रतिक्रिया

(Visited 211 times, 1 visits today)

आजको समाचार

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी (फाेटाेफिचर)

  काठमाडाैं । म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका...

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

साताका लोकप्रिय समाचार

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

चीन तर्फका नाका बन्द हुँदा खर्कमै बुढा भए नेपाली चाैंरी

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका -७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्षअघि ३२ वटा चाैंरी थिए। तर अहिले उनीसँग चाैंरीकाे संख्या ६४ पुगेकाे छ । शेर्पासँग...

यी लक्षण देखिएमा हुन सक्छ अल्जाइमर्स

  न्युयोर्क । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

अब प्राधिकरणले ठूला उद्योगीले मागेजति विद्युत् दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको निर्माणलाई...

ट्रेन्डिङ

लोकसेवा आयोगको निष्पक्षतामा गम्भीर संकट

नेपाली सेनामा भर्नाका लागि कञ्चनपुरमा भएको प्रतिस्पर्धात्मक परीक्षामा अर्कैका नाममा परीक्षा दिइराखेको नक्कली परीक्षार्थीलाई प्रहरीले फेला पारी कारबाही प्रारम्भ गरेछ । लोकसेवा आयोगकै एक...

प्रेम प्रस्ताव राखेर वाक्क दिक्क पार्छन्

मोडल उषा सुवेदी नुवाकोट–२ पिपलकी हुन् । एभरेस्ट कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्, उनी । म्युजिक भिडियो मोडलका रूपमा परिचित उषाले २०७२ भदौमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)