नेपालमा भ्रष्टाचार बढ्यो

काठमाडौं । नेपालमा भ्रष्टाचार बढेको तथ्य सार्वजनिक भएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल गत वर्षको तुलनामा ४ स्थान तल झरेको छ ।

गत वर्ष ३४ अंकसहित ११३ औं स्थानमा रहेको नेपाल यो वर्ष ३३ अंकमा अन्य ४ मुलुकले उछिनेर नेपाल ११७ औं स्थानमा पुगेको हो । ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले अनुसार वल्र्ड जस्टिस प्रोजेक्ट नामक संस्थाले गर्ने सर्वेक्षणमा नेपालको स्कोर कम आएको जानकारी दिए ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकअनुसार न्युजिल्यान्ड ८८ अंकसहित सुशासन कायम राख्ने मुुलुकहरुमध्ये पहिलो स्थानमा रहन सफल भएको छ भने डेनमार्क पनि ८८ अंकसहित सीपीआईको र्याङ्किङमा पहिलो स्थानमै रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान