Thursday, July 29, 2021
Homeअन्तराष्ट्रियबेइजिङमा नागरिकलाई बाहिर ननिस्किन आग्रह

बेइजिङमा नागरिकलाई बाहिर ननिस्किन आग्रह

,
sharethis

बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका छन् ।

हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि विदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका हुन्छन् ।

तर यहाँका स्वास्थ्य अधिकारीहरुले भने चीनमा दिन प्रति दिन कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् । चीनको राजधानी सहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका हुन् । उनले पछिल्ला केही दिनहरुमा चीनका बेइजिङसहितका अरु पनि विभिन्न सहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले विदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको बताइएको थियो । यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ । चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनहरुमा भने यहाँ फेरि यसका संक्रमितहरु देखिन थालेका चीन सरकारले जनाएको छ ।

चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरुका अनुसार बुधबार मात्र चीनमा कोरोना भाइरस ५४ जनामा नयाँ संक्रमण देखिएको हो । तीमध्ये थप ४१ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु संक्रमितहरु भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो ।

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ संक्रमित भेटिएका छन् । यहाँका स्थानीय नागरिकहरुबाटै ती जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ ।

(Visited 374 times, 1 visits today)
Loading comments...

आजको समाचार

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक हुने

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन...

नेपालमा विकासका प्रमुख चार सूत्र

नेपालको राजनीतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्नेहुन्छ । हामी दुई जना मिलेर ७७ वटै जिल्लामा...

कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित

काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण...

टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

  टाेकियाे । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष...

साताका लोकप्रिय समाचार

आर्थिक विकासमा महिला समूह

ग्रामीण मात्र नभई सहरी इलाकामा समेत छरिएर रहेका ससाना रकमलाई संकलन गरी ठूलो पुँजी बनाउने कार्यमा महिला समूह सक्रिय छन् । आज हरेक समूहका...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

१३ वर्षमै ओलम्पिकमा स्वर्ण

टोकियो । जापानकी स्केटबोर्डर मोमीजी निसियाले १३ वर्षको उमेरमा नै ओलम्पिकमा स्वर्ण जितेकी छन् । टोकियो ओलम्पिक–२०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डिङमा उनले...

‘जलविद्युत् आयोजनाको पीपीए गर्ने वातावरण मिलाउ’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले रोकिएर रहेका जलविद्युत् आयोजनाको पीपीए गर्ने वातावरण मिलाउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसमक्ष माग राखेका...

कालिका कन्सट्रक्सनले खनेकाे खाल्डाेमा परेर बालककाे मृत्यु

चुरे मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा निर्माण कार्यको शिलशिलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले निर्माण कम्पनीमा तोडफोड गरेका छन् । आक्रोशित...

ट्रेन्डिङ

प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

धनगढी । अख्तियाको टोलीले कैलालीमा एक जना प्रहरी निरीक्षक र कानुन ब्यवसायीलाई ५० हजार घुसको रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरबाट...

निगमले दिल्ली उडान घटायो मुम्बईका लागि एक महिना स्थगित

काठमाडौ । नेपाल वायुसेवा निगमले भारतको राजधानी नयाँ दिल्लीमा पूर्व निर्धारित हवाई उडान कटौती गरेको छ । यसअघि दैनिक दुई वटा उडान भइरहेको उडान...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)