काठमाडौं । निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको दाहाल–नेपाल समूह सहभागी हुन नसक्ने जानकारी गराएको छ ।
निर्वाचन तयारी र दल दर्ता विषयमा निर्वाचन आयोगले शुक्रबार बोलाएको छलफलमा दाहाल–नेपाल समूहका अध्यक्षद्वय उपत्यका बाहिर भएकाले छलफल सहभागी नहुने जानकारी गराएका हुन् ।
आयोगले शुक्रबार नेकपाका दुवै समूहलाई छलफलका लागि बोलाएको थियो । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माघ १८ गतेसम्म उपत्यका बाहिरका कार्यक्रममा व्यस्त हुने भन्दै त्यसपछि छलफल आयोजना गर्न भनिएको हो ।
दाहाल–नेपाल समूहका नेताहरु लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेको पत्र बुझाएर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)






