भक्तपुर । जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं ६ ठिमी कुण्डोलमा ठाकुर अधिकारीले बनाउदै गरेको पक्की घरको दोस्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ ।
घरको दोस्रो तल्लामा काम गर्ने क्रममा अचानक लड्न गई बर्ष ४० का प्रेम मगर गम्भीर घाइते भएका थिए । उनलाई सहकर्मीहरुको सहयोगमा उपचारका लागि थिमी स्थित मध्यपुर अस्पताल पुर्याइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)






