Monday, May 17, 2021
Home प्रमुख अघि बढ्यो ई–पासपोर्ट ल्याउने प्रक्रिया, फ्रान्सेली कम्पनीलाई २ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का

अघि बढ्यो ई–पासपोर्ट ल्याउने प्रक्रिया, फ्रान्सेली कम्पनीलाई २ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का

,

काठमाडौं । सरकारले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी गरेको छ । ई–पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो साता आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (साढे २ अर्ब रुपैयाँभन्दा बढी) बराबरको ठेक्का दिने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको छ ।

यसअघि ई–पासपोर्ट छपाइका लागि आह्वान गरिएको बोलपत्र तीन पटकसम्म रद्द भएको थियो । ई–पासपोर्टका लागि परराष्ट्र मन्त्रालयले त्रिपुरेश्वरमा रहेको नयाँ भवनबाट पासपोर्टका लागि चाहिने पूर्वाधार जडान गरेर सर्वसाधारणलाई वितरण गर्ने तयारी गरेको छ । यसअघि पटक पटक ई–पासपोर्ट छपाइको टेन्डर रद्द गर्दै आएको थियो ।

सुरक्षा र संवेदनशीलताको कारण देखाउँदै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने मापदण्ड तोकेको छ । सो मापदण्ड पूरा गर्न तत्काल कदम चाल्नुपर्ने भएपछि हतारमा सरकारले फ्रान्सेली कम्पनीलाई ई–पासपोर्ट छपाइका लागि दिएको हो । आईकाओले मापदण्ड तोके पनि अनिवार्य भने भनेको छैन ।

विदेश यात्रा खुलेको अवस्थामा विभागसँग अब चार महिनाका लागि पुग्ने पासपोर्ट मात्रै रहेको बताइएको छ । आर्थिक वर्ष २०७१/७२ मा १३ लाख ३६ हजार राहदानी बाँडिएका थिए । त्यसयता यो दर बर्सेनि ५ देखि साढे ५ लाखसम्म छ । गत आर्थिक वर्षमा मात्र ५ लाख १५ हजार राहदानी बाँडिएको थियो ।

राहदानी विभागले पटक–पटक बोलपत्र आह्वान गर्दै रद्द गरेकामा अन्तिम समयमा आएर फ्रान्सेली कम्पनीलाई राहदानी छपाइको जिम्मा दिएको हो । यसअघि पहिलो पटक विभागले ५० लाख राहदानी छाप्न १० भदौ २०७६ मा बोलपत्र आह्वान गरेको थियो । सो आह्वान २० कात्तिक २०७६ मा रद्द गरेको थियो । त्यतिबेला १९ वटा कम्पनीले पासपोर्ट छपाइका लागि प्रस्ताव पेस गरेका थिए । तर सरकारको निर्देशनमा राहदानी विभागले प्रस्ताव पेस गर्ने म्याद एक दिन बाँकी रहँदै टेन्डर रद्द गरेको थियो ।

१९ फागुन २०७६ मा पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेपछि चार वटा कम्पनीले विद्युतीय राहदानी छपाइका लागि प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस गरे पनि मागपत्रअनुुसार ती कम्पनीको आवेदन नपरेको भन्दै ४ असोज २०७७ मा ठेक्का रद्द भएको थियो ।

राहदानी विभागले दोस्रो पटक २० लाख प्रतिपासपोर्ट छपाइका लागि बोलपत्र आह्वान गरेको थियो । जसअनुसार जर्मनीको मुएलबाउअर आईडी सर्भिसेज जीएमबीएच, अमेरिकाको एचआईडी ग्लोबल र चीनको एसिनो कर्पोरेसनको आवेदन परेको थियो । २० लाख पासपोर्ट छपाइका लागि फ्रान्सको आईडीईएमआईए आइडिन्टिटी एन्ड सेक्युरिटी कम्पनीले सबैभन्दा कम मूल्यमा टेन्डर हालेको थियो । सो कम्पनीनले कम्पनीले २० लाख ई–पासपोर्ट छपाईका लागि २ करोड ६५ लाख ९० हजार अमेरिकी डलर (करिब ३ अर्ब १३ करोड ७६ लाख रुपैयाँ) खर्च प्रस्ताव गरेको थियो ।

सबैभन्दा महँगो जर्मनी कम्पनी मुएलबआर आईडी सर्भिसेज जीएमबीएचले टेन्डर हालेको थियो । सो कम्पनीले ई–पासपोर्ट छपाइका लागि ३ करोड ९३ लाख २० हजार अमेरिकी डलर (करिब ४ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ) खर्च प्रस्तुत गरेको थियो ।

त्यस्तै अमेरिकी कम्पनी एचआईडी ग्लोबलले ई–पासपोर्ट छपाइका लागि २ करोड ९२ लाख ९० हजार अमेरिकी डलर (करिब ३ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ) खर्च लाग्ने प्रस्ताव गरेको थियो । चिनियाँ कम्पनी एसिनो कर्पोरेसन कम्पनीले ई–पासपोर्ट छपाइका लागि ३ करोड २६ लाख ५० हजार अमेरिकी डलर (करिब ३ अर्ब ८५ करोड २७ लाख रुपैयाँ) खर्च लाग्ने आवेदन दिएको थियो । सबैभन्दा महँगो प्रस्ताव जर्मन कम्पनी मुएलबाउअर आईडी सर्भिसेज् जीएमबीएचको रहेको थियो । सो कम्पनीले ई–पासपोर्ट छपाइका लागि ३ करोड ९३ लाख २० हजार अमेरिकी डलर (करिब ४ अर्ब ६३ करोड ९७ लाख रुपैयाँ) खर्च लाग्ने आवेदन पेस गरेको थियो । तर यो प्रक्रियालाई सरकारले आवेदन फाराम पूर्ण नभएको भन्दै रद्द गरेको थियो ।

ई–पासपोर्ट भनेको के हो ?

ई–पासपोर्टमा व्यक्तिगत सूचनादेखि वाहकको ‘बायोमेट्रिक डाटा’सम्म राखिन्छ । यसकारण ई–पासपोर्टलाई अहिले विश्वकै सबैभन्दा सुरक्षित पासपोर्ट मानिन्छ । हाल नेपालको एमआरपीमा बायोमेट्रिक डाटा राखिएको छैन । ई–पासपोर्टमा एउटा चिप राखिन्छ, जसमा पासपोर्ट वाहकको आँैठा छाप, आँखाको नानीदेखि तस्बिरसमेत हुने गर्छ । अहिले विश्वका ११५ मुलुकले विद्युतीय राहदानी कार्यान्वयन गरिसकेका छन् भने अन्य मुलुक पनि यसतर्फ उन्मुख छन् ।

एमआरपीभन्दा थप सुरक्षित, विश्वासिलो, व्यक्तिको विवरण प्राप्त गर्न र पहिचान गर्न सहज, यात्रामा सरलता, बढ्दो प्रयोग, सूचनाको गोप्यता कायम र अन्तरआबद्धतामा विद्युतीय राहदानीले सहजता कायम हुने दाबी गरिएको छ । १० वर्ष उमेरमाथिकालाई १० वर्ष समयावधि अवधिको राहदानी बुक उपलब्ध हुनेछ । त्योभन्दा कम उमेरका बालबालिकालाई ५ वर्ष अवधिको राहदानी दिइनेछ ।

२०७५ साउनमा मन्त्रिपरिषद् बैठकले एमआरपीलाई स्तरोन्नति गर्दै ई–पासपोर्टमा जान विभागलाई सैद्धान्तिक सहमति दिएको थियो । यसको एक महिनाअघि असारमा ई–पासपोर्टमा जाने प्रस्ताव परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद् लगेको थियो । त्यसपछि थप छलफल गर्नुपर्ने भन्दै प्रस्तावलाई मन्त्रिपरिषद्ले सामाजिक समितिमा पठाएको थियो । समितिको सुझावका आधारमा मन्त्रिपरिषद्ले गत वर्ष साउनमा ई–पासपोर्टमा जान स्वीकृत दिएको थियो ।

(Visited 162 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना संक्रमणबाट गुल्मीमा एकै दिन ११ जनाको मृत्यु

  गुल्मी । दोस्रो चरणको कोरोनाका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउसो ३ बजेदेखि आइतबार दिउसो ३ बजेसम्म...

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अर्थले दिये ४ अर्ब रूपैयाँ

काठमाडौं । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख...

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा...

साताका लोकप्रिय समाचार

ओली नै प्रधानमन्त्री

काठमाडौं । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको बहुमतका आधारमा सरकार गठन प्रयास असफल बनेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

प्रशासकीय कार्यविधिको स्तरोन्नति

सवारी कर तिरेर ब्लुबुक नवीकरण गर्न गएको भाइ कर तिर्नेको भीडमा तीन दिनसम्म उभिँदा पनि कर बुझाउन नसकेपछि रिसाउँदै ‘अब म मोटरसाइकल चढदिनँ’ कर...

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका...

ट्रेन्डिङ

बलात्कारमा संलग्न तीन पुरुष पक्राउ

काठमाडौं । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–३ बस्ने...

जाभीलाई कोरोना संक्रमण

दोहा । स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड तथा कतारी क्लब अल सादका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कतार स्टार्स लिग...

भारतमा एकैदिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

नयाँ दिल्ली । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा...

लकडाउनका बेला एकै दिन २ महिलाद्वारा आत्महत्या

राजविराज, सप्तरी । सप्तरीमा एकै दिन दुई महिलाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको कंचनरुप नगरपालिका ७ बस्ने ३५ वर्षिया रम्भादेवी रामले शनिबार राती...

चरिकोट अस्पताल गरीबका लागि बरदान साबित

दोलखा ८ चैत । स्किन ग्राफटिङ शल्यक्रिया गरि न्यायहेल्थ नेपाल प्रस्तावित चरिकोट अस्पतालले एक महिलाको जिवन बचाउन सफल भएको छ । जिरी...

हेटौडामा एक साताका लागि निषेधाज्ञा थप

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि...

राष्ट्रिय पुस्तकालय निर्माणमा सरकारको अंकुश

काठमाडौं । जमलमा निर्माण गर्ने भनिएको नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण कार्यमा सरकारले अंकुश लगाएको छ । भवन निर्माण प्रक्रियाको अन्तिम चरणमा पुगेको पुस्तकालय...

जसपा पनि विवादमै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक...

आयशा र बिन्ती अभिनित ‘काफल पाक्यो’

काठमाडौं । पुर्वीय गीत सिर्जनामा पाश्चत्य संगीतको समिश्रण गर्दै अमेरिकाबाट गायक बिन्ती कुमार गुरुङले ‘काफल पाक्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गायक गुरुङकै स्वर,...

अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक कार्यक्रम

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक’ कार्यक्रम हुने भएको छ । साझा भोथाङ संस्थाले राजधानीमा पत्रकार...

चक्रवात अंपुनको नेपालमा अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै...

पिसिआर शुल्क दुई हजार कार्यान्वयन गराउन निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)