गुल्मीमा ५ सय जनाले लगाए कोरोनाविरुद्धको खोप

फाइल तस्वीर

गुल्मी । गुल्मीमा हालसम्म पाचँसय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । माघ १५ गते बिहिबारदेखि सुरु भएको खोप कार्यक्रमअन्तरगत चार दिनमा कुल ५१४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

शुक्रबार सुरुको दिन १५ गते ७८ जना स्वास्थ्यकर्मी, १९ जना सरसफाईकर्मी र चारजना एम्बुलेन्स चालक गरी कुल १०१ जनालाई खोप प्रदान गरिएको थियो । १६ गते शुक्रबार ८७ जना स्वास्थ्यकर्मी, २७ जना सरसफाईकर्मी र सहयोगी, तीन जना एम्बुलेन्स चालक, आठजना औषधी व्यवसायी र एकजना फोहोर फाल्ने गाडीका सह–चालक गरी कुल १२६ जनालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

त्यस्तै १७ गते शनिबार ८७ जना स्वास्थ्यकर्मी, २६ जना सहयोगी, पाचँजना महिला स्वास्थ्य स्वयम्सेविका र दुईजना एम्बुलेन्स चालक गरी कुल १२० जनालाई खोप प्रदान गरिएको छ । भने आइतबार १६४ जनाले कोरोनाविरुद्धको खोप लगाएको आचार्यले जानकारी दिए । जिल्लामा २४ गतेसम्म कुल एक हजार ८७० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिने छ । जसमा जिल्ला अस्पतालसहित स्थानीय तहका स्वास्थ्यकर्मी, औषधी व्यवसायी, एम्बुलेन्स चाकल, महिला स्वास्थ्य स्वयम् सेविकालगायतले खोप लगाउनेछन् । जसको लागि चार हजार १८० डोज खोप आइसकेको छ । पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइने आचार्यले बताए । अहिले सुरुको चरण भएकोले डाक्टरहरुसँगको समन्वयमा खोप कार्यक्रताले खोप लगाइदिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

epaper

ताजा समाचार

रोलिङसँग फिदिम ३–० ले स्तब्ध