साउथ ह्याम्टनको पोस्टमा म्यानचेष्टर युनाइटेडको ९ गोल

लन्डन । इग्लिस प्रिमियर लिगमा विरलै हुने गोलको वर्षाको घटना दोहोरिएको छ । आज बुधबार बिहान सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले आफ्नो घरेलु मैदानको भरपुर फाइदा उठाउँदै साउथ ह्याम्टनलाई ० का विरुद्ध ९ गोलले पराजित गरेको हो ।

खेलको पहिलो हाफको दोस्रो मिनेटमै एलेक्सएन्ड्रेले पाएको रातो कार्डबाट दशजना खेलाडीमा सीमित साउथ ह्याम्पटनमाथि पहिलो हाफमा ०–४ ले पछाडी परेको थियो । दोस्रो हाफमा पनि डिफेन्डर वेडनारेकले रातो कार्ड खाँदै साउथ ह्याम्पटन ९ खेलाडीमा सीमित भएपछि युनाइटेडले ९ गोलको फराकिलो जीत निकालेको हो ।

जीत निकाले पनि अंक तालिकामा भने युनाइटेड सिटी भन्दा तल दोस्रो स्थानमा रहेको छ । यस्तै बुधबार बिहान सम्पन्न अर्को खेलमा क्रिष्टल प्यालेसले न्युक्यास्टललाई उसैको घरेलु मैदानमा २–१ ले पराजित ग-यो । बुधबार राती भने प्रिमियर लिगका तीन महत्वपूर्ण खेलहरु खेलिंदैछन् । जसमा म्यानचेष्टर सिटी वर्नलीसँग, लेस्टर सिटी फुलह्यामसँग र लिभरपुल ब्राइटनसँग आमनेसामने गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा सहभागी