मोरङ । नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले गरेको आमहड्तालको प्रभाव प्रदेश १ मा सामान्य देखिएको छ । प्रदेश राजधानी विराटनगरसहित मुख्यमुख्य बजारका सडकमा नेता कार्यकर्ता भेला भएका छन् ।
बजारमा सिटि रिक्सा, अटो, तरकारी बोकेका, दुधका गाडी, मोटरसाइकल, स्कुटरलगायतका सवारी साधन निर्वाध चलेका छन् । यात्रुबहाक बस, शिक्षणसंस्था पुर्ण ठप्प छन् । बजार आंशिक रुपमा खुलेका छन् ।
सडकमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यो समाचार तयार पार्दासम्म धरानमा बन्दकर्ता र मजदुरबिच केहिबेर समान्य झडप भएबाहेक कुनै अप्रिय घटना भएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)






