काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी चन्द समुहलाई प्रतिबन्ध लगाउने विषयमा आफुसंग सरकारमा रहेकाले कुनै सल्लाह नगरेको बताएका छन् ।
दाहाल–नेपाल समुहले शुक्रवार बिहान ललितपुरमा आयोजना गरेको कार्यक्रममा दाहालले भने ‘विप्लवलाई प्रतिबन्ध लगाउने विषयमा हामीसंग सोध्दै सोधिएन हामीले त्यसरि प्रतिबन्ध लगाउन हुन्थेन भन्यौं तर, हाम्रो कुरा सुनिएन ।’ दाहालले भने ।
सरकार र विप्लव समुहविच वार्ता भैरहेको सन्दर्भमा वार्ता हुनु राम्रो भएको उनको भनाई थियो । ‘तपाई र विप्लवविच वार्ता हुँदैछ भन्ने सुन्छिन नि ?’ पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै दाहालले भने ‘उहाँहरु सवैलाई म चिन्छु । उहाँहरुको वारेमा जानकारी आउछ तर, मेरौ कसैसंग पनि औपचारिक वार्ता भएको छैन ।’
एमसीसी’bout निर्णय भएको छैन
बिहीवार भएको आमहड्तालमा दाहाल सहभागी विरोध कार्यक्रममा एमसीसीको बिरुद्ध नारा लागेपछि दाहालले एमसीसी’bout नारा नलगाउन आग्रह गरेको भिडियो सार्वजनिक भएको थियो । सोही सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले एमसीसी’bout पार्टीले अन्तिम निर्णय गर्न बाँकी रहेको बताए । उनले हाँस्दै भनेँ ‘हाम्रो विरोध प्रदर्शन प्रतिगमनका विरुद्धमा थियो । एक्कासी एमसीसी बिरुद्ध नारा लागेपछि मलाई लाग्यो । कोही घुस्यो । अनि रोक्न लगाएँ ।’ आन्दोलनमा पार्टीले तय गरेको नारा मात्रै लाउने निती अनुरुप आफुले रोकेको भन्दै एमसीसीको विषयमा अमेरिकन राजदुतसंग समेत कुरा भएको जानकारी दिए । ‘मैले अस्ति पनि अमेरिकी राजदुतलाई भेटमा भनेको छु परिमार्जनको सम्भावना छ कि छैन ?’
शेरबहादुरजीलाई अप्ठयारो होला
संवैधानिक नियुक्तिका विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मौन रहेको सन्दर्भमा पत्रकारले दाहाललाई सोधे ‘कांग्रेस र जसपा त संवैधानिक नियुक्तिको विषयमा मौन देखियो नि ?’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरेर संवैधानिक नियुक्तिको विरोध गरेको भन्दै कांग्रेसको ’boutमा शंका नगर्न आग्रह गरे । जसपा प्रतिगमनको विरुद्धमा रहेको प्रसस्त उदहारण दिँदै भने ‘शेरबहादुरजीलाई केही अप्ठयारो होला तर, पार्टीले विज्ञप्ती जारी गरिसकेपछि आशंका नगरौं ।’
दक्षिणपन्थीका अगाडी ओली लम्पसार
संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थीसंग आत्मसमर्पण गरेको भन्दै अध्यक्ष दाहालले संविधान कुल्चनु भनेको शान्ति प्रकृया पनि कुल्चनु हो भने । अहिले भइरहेको आन्दोलनलाई केवल नेताको पद र कुर्चिका लागि नुबझ्न आग्रह गरे । ‘यो आन्दोलन केबल पार्टी भित्रको मात्रै हैन । प्रतिगमन बिरुद्धमा हो ।’ निर्वाचनको तीन वर्ष पुग्दा नपुग्दै दुर्घटना भएको भन्दै उनले आफुले पनि आत्मसमिक्षा गर्ने र श्वेतपत्र जारी गरेर अघि बढ्ने बताए ।