मानसिक सन्तुलन गुमाएका योद्धा

विश्वनाथ सिम्खाडा

दुर्गम गाउँको सामान्य परिवार । कुनै राजनीतिक दलको गन्धसमेत भेउ छैन । लेक–औलमै दैनिकी बित्छ । कालापहाडबाट कमाएर ल्याएको पैसाले वर्षमा एकजोर कपडा फेर्ने सानो परिवार थियो । घर बस्दा उनको दैनिकी किसानीमै बित्थ्यो । जिल्लाको रास्कोट नगरपालिका–२ का दुर्गाप्रसाद जैसी निडर, कुशल, लगनशील, इमान्दार र सहयोगी थिए ।

२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध भनेर सशष्त्र द्वन्द्व सुरुवात ग-यो । जुन द्वन्द्वबाट कालिकोट, रुकुम, रोल्पा, जुम्लाजस्ता विकट जिल्ला निकै प्रभावित भए । त्यसै द्वन्द्वको राप बढिरहेका बेला २०५८ सालमा त्यही द्वन्द्वमा होमएका थिए, जैसी । साबिकको सिप्खाना गाविसमा तत्कालीन नेकपा माओवादीले २०५८ १७ मंसिरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनलाई भूमिगत बनाइयो । केही दिनमै उनको नाम पनि परिवर्तन भयो, दुर्गाप्रसाद जैसीबाट– क. भिष्म ।



दस बर्षको कलिलो उमेरमा बुबा गुमाएका जैसीले माओवादी द्वन्द्वका कारण परिवार पनि छोड्नुप¥यो । एक भाइ र बहिनी र एकल आमाको साहारा बन्ने बेला उनलाई माओवादीले ‘देश र जनताका निमित्त लड्नुपर्छ’ भनेर पाटी पूर्णकालीन सदस्य बनाए । सानोमा शरीर ढाक्ने एकजोर कपडा नपाएर आमाको फाटेको गुन्युचोली लगाएर हुर्केका जैसीले माओवादी जनमुक्ति सेनाका कम्ब्याड ड्रेस लगाए । काँधमा बन्दुक भीरे र मोर्चामा सहभागी भए ।

उनलाई माओवादी नेता तथा कार्यकर्ताले सशष्त्र द्वन्द्वबाटै एकल आमा र भाइबहिनीको उज्वल भविष्वका साथै सर्वहारा वर्गको मुक्तिका लागि जनवादी राज्यसत्ता प्राप्ति गर्न डटेर लड्ने सपना देखाए । उनी पनि त्यो प्रशिक्षणबाट प्रभावित भए । द्वन्द्वको मोर्चामा सामान्य सिपाईदेखि कम्पनी कमाण्डरसम्म भए । तत्कालीन माओवादी जनमुक्ति सेना र नेपाली सेनाबीच भएका चर्चित भिडान्त अर्घाखाँची, पाल्पा, जुम्ला हुँदै जनयुद्धको अन्तिम लडाइँ कालिकोट पिली आक्रमणमा अग्रमोर्चामा रहेर सहभागी भए । आँखा अगाडि कैयौं साथीका लाश र द्वन्द्वमा घाइते भएर छटपटाइरहेका हृदयविदारक अवस्थामा पनि उनले आफ्नो कर्तव्य बिर्सिएनन् । डटेर लडे ।



जनयुद्धका कम्पनी कमाण्डर भिष्मको लडाइँका बेला शरिरभर गोलीका छर्रा रोपिए । शारिरक रूपमा अशक्त भए । भिडान्तमा सामना गरिएका परिस्थिति, बेबारिसे लाश, घाइते अपांगता भएका चिच्याइरहेका आवाजजस्ता पीडादायिक दृश्यले उनलाई बाराम्बार पीडा दियो । जसको परिणाम मुलुकमा २०६२-०६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा गएपछि उनी मानसिक समस्याको शिकार भए । त्यतिबेला माओवादी जनमुक्ति सेना
क्यान्टोनमेनमा थिए ।

अनमिनले प्रमाणीकरण गर्दै थियो । उनमा देखिएको मानसिक समस्याका कारण उनी प्रमाणीकणमा सामेल हुन पाएनन् । त्यतिबेला उनलाई पाटीले उपचारमा पनि लिएन् । परिवार उपचार गर्न सक्ने अवस्थामा पनि थिएन् । उनी बेबारीसे बने । त्यति बेलादेखि नै उनको जीवन सडकमे बेबारिसे अवस्थामा छ । अहिले पनि उनी जिल्ला सदरमुकाम मान्म बजारको प्रतिमाचोकमा आएर जनयुद्धकालीन भाषण र माओवादीका नेतालाई ‘हत्यारा’को संज्ञा दिँदै गाली गर्छन् । उनको उपचारका लागि कुनै सरकारले चासो दिएका छैनन् ।



मान्म बजारमै बेबारीसे भेटिएका तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमाण्डर भिष्मले भने, ‘तत्कालीन नेकपा माओवादीले अघि सारेका राजनीतिक एजेण्डा सर्वहारा वर्गको मुक्ति, गरिब र निमुखाका लागि जनवादी राज्यसत्ता, निरंकुश राजतन्त्र अन्त्य गर्न मैले आफ्नो परिवारलाई छाडे । शरीरभर गोलीका छर्रा रोपिएका छन्् । म अशक्त छु । मेरो उपचार भइदिए निको हुन्थ्यो कि ?’

अहिले उनलाई जनयुद्धमा हुमिएर गरेको कर्मप्रति पनि पछुतो छ । यसमा पनि आफु बिरामी हुँदा परिवारभन्दा बढी माया र लगानी गरेको पार्टीले वास्ता नगर्दा थप पीडा हुन्छ । ‘कहिलेकाँही लाग्छ कि बेकारमा युद्ध लडिएछ, कसैलाई सत्तामा पु¥याउन भ¥याङ बनिएछ,’ दर्शनशास्त्रका किताब बोकेर हिँड्ने उनी सुनाउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

कुरी-कुरी