Sunday, May 16, 2021
Home Exclusive निर्वाचन आयोगद्वारा नेकपा विवाद निरूपण प्रक्रिया सुरु

निर्वाचन आयोगद्वारा नेकपा विवाद निरूपण प्रक्रिया सुरु

दल हेर्ने जिम्मा आयुक्त भण्डारीलाई

,

काठमाडौं । निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरूपण प्रक्रिया सुरु गरेको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको थियो ।

कार्यविभाजनअनुसार आयोगले राजनीतिक दल, दल दर्ता, राजनीतिक दलको नियमन तथा विवाद निरूपणको जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको हो । उनी केही दिनअघि मात्रै निर्वाचन आयुक्तमा नियुक्त भएका थिए ।
आयुक्तहरूको कार्यविभाजनसँगै नेकपाभित्रको विवादका विषयको निरूपणको प्रक्रियासमेत सुरु भएको आयोगले जनाएको छ ।

आयोगमा दलीय विवादबारे आएका पत्रलाई विभिन्न शाखा महाशाखामार्फत प्रारम्भिक अध्ययन गर्ने काम भइरहेको, ती विभिन्न निकायले प्रारम्भिक अध्ययनपश्चात् सम्बन्धित जिम्मेवारी पाएका आयुक्तलाई राय पेस गर्ने र जिम्मेवारी पाएका आयुक्तले समेत अध्ययन गरेपछि आयोगको बैठकमा सोबारे छलफल हुने आयोगले बताएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले नेकपा विवादबारे निरूपण प्रक्रिया अघि बढाएको जानकारी दिए ।

‘निर्वाचन आयोगले विवाद निरूपणको प्रक्रिया सुरु गरिसक्यो । आयोगका सम्बन्धित शाखाले त्यसतर्फ काम गरिरहेका छन्, अध्ययनपछि आएका रायबाट आयोगले सर्वसम्मत रूपमा एक मतका साथ विवादको निरूपण गर्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

सरकारले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ नेकपाभित्र विभाजन देखिँदै आएको छ । नेकपाको आधिकारिकता माग दाबी गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले पछिल्लो पटक २० माघमा आयोगमा निवेदन दिएका थिए ।

यसअघि नेकपा अध्यक्ष केपी शर्मा ओली समूह र प्रचण्ड–नेपाल समूहले फरक फरक रूपमा एकले अर्कालाई कारबाही गरेको र आफ्नो समूह आधिकारिक रहेको भन्दै पठाएको पत्र आयोगले अस्वीकृत गरेपछि प्रचण्ड–नेपाल समूहले पुनः आधिकारिकता दाबी गर्दै निवेदन दिएको हो ।

उनीहरूले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार वैधानिकताको दाबी पेस गरेको बताउँदै आएका छन् । सो समूहले कानुनअनुसार रीत पु-याएर २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको जनाएको छ ।

आयोगले पुराना ४ सय ४१ केन्द्रीय सदस्यलाई आधिकारिक मानेकाले आफ्नो समूहले पुनः २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आधिकारिकता दाबी गर्दै निवेदन दिएको नेकपा नेता लीलामणि पोखरेलले जानकारी दिए ।

यसअघि आयोगले दुवै पक्षबाट आधिकारिकता दाबी नभएको र ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा नै आधिकारिक रहेको भन्दै पछि थप गरी पठाएका विवरण अद्यावधिक नगरी दुवै पक्षलाई १२ माघमा पत्र पठाएको थियो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाको प्रचण्ड–नेपाल पक्षबाट आधिकारिकता माग दाबी गरी पेस गरेको पत्र आयोगले दर्ता गरेको र प्राप्त पत्रका आधारमा कानुनी प्रक्रियालाई समेत आयोगले हेर्दै अघि बढेको जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद टुंगो लगाउन त्यस्तो आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ । तर यो मिति कुन दिनलाई मान्ने भन्नेमा आयोग अन्योलमा छ ।

तर प्रचण्ड–नेपाल पक्षले भने निवेदन दर्ता गराउँदा आयोगले पत्र पठाएपछिको मितिलाई विवाद सुरु मिति मान्नुपर्ने बताएको छ ।

आधिकारिकता टुंगो लाग्न कम्तीमा ४५ दिन लाग्ने
नेकपाको आधिकारिकता विवादको टुंगोमा पुग्न आयोगमा प्राप्त सबै कागजात कानुनअनुसार भएको पाइए कम्तीमा ४५ दिन समय लाग्ने देखिन्छ । राजनीतिक दलसम्बन्धी ऐनले तोकेका सबै प्रक्रिया पूरा गर्दा आयोगलाई विवाद टुंगाउन समय लाग्ने देखिएको हो ।

दफा ४४ अनुसार एउटा पक्षबाट आधिकारिकताको दाबी पेस भएमा निर्वाचन आयोगले अर्को पक्षलाई दाबीबारे लिखित जवाफ पेस गर्न १५ दिनको सूचना दिनुपर्छ ।

१५ दिनभित्र जवाफ पेस गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेस गर्न आयोगले पुनः १० दिन समय थप गर्न सक्नेछ । त्यसपछि आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमतिबमोजिम विवाद निरूपण गर्ने प्रयोजनको लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिनेछ भने आवश्यक परे पेस गरिएका सदस्यहरूको नामावलीमा सनाखतको प्रक्रियासमेत हुनेछ ।

(Visited 315 times, 1 visits today)
Loading comments...

आजको समाचार

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

साताका लोकप्रिय समाचार

काेराेना संक्रमणबाट एकै दिन १३९ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोनाभाइरसबाट एकैदिनमा सोमबार १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९,२७१ जना संक्रमित...

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

काठमाडाैं ।   कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राइल एड्भाइजरी जारी गरेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड...

चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा

काठमाडौं । गत चैतसम्ममा सरकारको चालु खाता रु.२ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष आव २०७६-७७ को सोही अवधिमा...

८० वर्षपछि कुमारीको आसन फेरियो

ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको छ । रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा...

माधव समुहले ओलीलाई दिए १२ घण्टाको समय

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव समुहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १२ घण्टाको समय दिएको छ । सो समुहले अध्यक्ष...

ट्रेन्डिङ

यी हुन् हत्यापछि गोंगबुमा सुटकेशभित्र टाउको र खुुट्टाबिनाका शव भेटिएका व्यक्ति

काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुचोक नजिकै आइतबार सुटकेशमा फेला परेको मृतकको तस्वीर सार्वजिनक गरेको छ । शवको सनाखत हुन नसकेपछि प्रहरीले अनुुसन्धानमा सहयोग हुने...

बालिका बलात्कारको अभियोगमा दाङमा ३ जना पक्राउ

दाङ । दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका वडा नम्बर...

थप ७४३ जनामा कोरोना पुष्टि, मृतकको संख्या १८०३ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार...

नरायणगढ–मुग्लिन सडक खण्ड आज पनि अबरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार...

अब उखु किसानको बक्यौता भुक्तानी नगरे जेल ! 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्नेहरूलाई ठगी मुद्दामा जेलसमेत हाल्न सकिने गरी गृहकार्य अघि बढाएको छ ।...

अल्मुताइरी फुटबल टोलीको मुख्य प्रशिक्षक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेती अब्दुल्लाह अल्मुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले आइतबार पत्रकार सम्मेलन...

फाइजर र बायोएन्टेकको खोपले स्वीकृति पाउने !

लन्डन । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपले स्वीकृति पाउने सम्भावना बढेको छ । युरोपेली तथा अमेरिकी नियामक...

चोरी भएको १ ट्रक बियर रौतहटको गोदामबाट बरामद

रौतहट । चोरी भएको एक ट्रक बियर प्रहरीले रौतहटको एक गोदामबाट बरामद गरेको छ । गोर्खा ब्रुअरी प्राली नवलपरासीबाट जनकपुर हिँडेको बियरसहितको ट्रक हराएपछि...

विकी कौशलसँग जोडिइन् सारा अली खान

मुम्बई । अभिनेत्री सारा अली खान यतिबेला नयाँ फिल्म ‘द इम्मार्टल अश्वत्थामा’मा नायिकाको रूपमा आबद्ध भएकी छन् । यो फिल्ममा अभिनेता विकी कौशलको जोडी...

आज विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । राजनीतिक उतारचढावबीच ओलीले विश्वासको मत...

किन आयो मन्त्रीलाई अर्बौंको प्रलोभन ?

काठमाडौं । वन तथा वातावारण मन्त्रालय सम्हालेको एक महिना नबित्दै मुलुकभरको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेका मन्त्री प्रेमबहादुर आलेमगरले आफूलाई केही पक्षबाट १...

ब्राजिलमा कोरोना भाइरस संक्रमितको सङ्ख्या १० लाखभन्दा बढी

ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)