द फेसमा युद्ध र क्रान्ति उत्कृष्ट

काठमाडौं । मोडलिङसम्बन्धी प्रतियोगिता द फेसको शीर्ष उपाधि पुरुष मोडलतर्फ युद्ध बानियाँ र महिला मोडलतर्फ क्रान्ति चन्दले जितेका छन् । शनिबार अबेर राति ललितपुरको झम्सीखेलस्थित अर्बन पार्टी हबमा सम्पन्न ग्रान्ड फिनालेमा आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै युद्ध र क्रान्ति उत्कृष्ट भएका हुन् । करिब एक महिनाका प्रशिक्षणपश्चात् २६ प्रतियोगीहरू अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए ।

सो प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि कृपा अधिकारी र शीतल श्रेष्ठले, सेकेन्ड रनर अपको उपाधि स्वीकृति प्याकुरेल र हेमन जोशीले हासिल गरे । वि क्यान फ्लाइ इभेन्ट म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको सो प्रतियोगितामा विशेष निर्णायकमा अभिनेता अनुपविक्रम शाही तथा निर्णायकहरूमा मोडल सिर्जना रेग्मी, क्रिकेटर विनोद दास, अग्रज फोटोग्राफर राजभाइ सुवाल थिए ।

द फेसको अन्य उपाधितर्फ बेस्ट फ्रेन्डली अवार्ड कृपा अधिकारी र हेमन जोशीले, पब्लिक च्वाइससँगै बेस्ट फर्सनालिटी अवार्ड युद्ध बानियाँ र सोफिया भण्डारीले, फोटोजेनिक अवार्ड निर्मला धिताल र नारायण प्याकुरेलले, क्याटवाक अवार्ड क्रान्ति चन्द र शीतल श्रेष्ठले, बेस्ट स्किन एन्ड हेयर अवार्ड ब्रबिम श्रेष्ठ र अस्मिता बरालले, बेस्ट फिजिक अवार्ड आशिष गिरी र कृपा अधिकारीले, पपुलर च्वाइस अवार्ड सुर्जिना श्रेष्ठ र युद्ध बानियाँले हासिल गरे ।

नयाँ पुस्ताबाट कुशल र व्यावसायिक मोडल जन्माउन यो प्रतियोगिता आयोजना गरेको आयोजक तथा वि क्यान फ्लाइका सीईओ संसद शाहले कार्यक्रममा बताए । अजय गुरुङले सञ्चालन गरेको यो प्रतियोगिताको इभेन्ट कोअर्डिनेटरमा समीक्षा हुमागार्इं, मोडल कोअर्डिनेटरमा शर्मिला नेपाल र प्रशिक्षकमा सृजलविक्रम शाही थिए ।

झम्सीखेलको अर्वन पार्टी हबमा शनिबार अबेर रात सम्पन्न यो प्रतियोगितामा एक दर्जन डिजाइनरहरूको नयाँ फेसन डिजाइन प्रतियोगीहरूले ¥याम्पमा प्रस्तुत गरेका थिए । ह्युमन फिट क्राफ्ट, रिबेल डे, फेसन आमयारा, सोचबाइ सुब्बा, लोगो फेसन, लेडी बोस, त्रिदेवीलगायतले तयार गरेको पहिरनहरूमा सजिएर प्रतियोगीहरू ¥याम्पमा उत्रिएका थिए ।

द क्यानन फ्युजन बार र सान्मिगलको सहकार्यमा सम्पन्न सो प्रतियोगितामा प्रतियोगीहरू, समर र विन्टरका फेसनमा विभिन्न सिक्वेन्समा प्रस्तुत भएका थिए । द फेसका विजेताहरूलाई आयोजक पक्षले विभिन्न फेसन तथा ¥याम्प सोमा प्रस्तुत गर्नुका साथै मोडलिङसम्बन्धी अवसर प्रदान गर्ने कार्यक्रम संयोजक समीक्षाले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००