Monday, May 17, 2021
Home प्रदेश प्रदेश ६ घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

,

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ ।

हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर खर्च चलाउनका लागि सिमकोट गाउँपालिका–७ डाँडाफयाका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट पुगेका छन् ।

दाउरा बिक्री नगरेसम्म बिहान बेलुका घर परिवारलाई छाक टार्नका लागि समस्या हुने गरेको ती बालबालिकाले गुनासो गरेका छन् । अन्य दिन विद्यालय गए पनि शनिबारको दिन गाउँका प्रायः बालबालिका खर्च तथा आफ्नो कापी कलम किन्नका लागि भए पनि दाउरा बोकेर बिक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेका छन् ।

गाउँबाट आफूसहित घोडा खच्चड तथा झोपामा दाउराको भारी बोकाएर सिमकोटमा बिक्री गर्न आउँदा एक भारीको रु ५०० देखि रु एक हजारसम्म पर्ने गरेको स्थानीयवासी वीरबहादुर सिंहले बताउनुभयो । हिउँदको चिसो मौसममा दाउराको माग बढी हुने भएकाले कसैले रुपैयाँमा बिक्री गर्ने गरेको र कोहीले चामलसँग दाउरा साट्ने गरेको उनले बताए । सिमकोटमा गाउँबाट पुर्याएको चार भारी दाउरा (३० केजी) को एक कट्ठा चामलमा साट्ने गरेको सिंहले बताए ।

सिमकोटमा हिउँदको समयमा विद्युत् सेवा दैनिक १२ घण्टाभन्दा बढी अवरुद्ध हुने हुँदा दाउराको बढी प्रयोग हुने गरेको सिमकोटमा बसोबास गर्दै आएका राजबहादुर बोहराले बताए । सदरमुकाम सिमकोटमा दाउरा बोकेर बिक्री गर्न डाँडाफया, चौगनफया गाउँका नागरिक मात्रै नभएर खार्पुनाथ गाउँपालिकाको मजा, छिप्रा, याङ्चुलगायतका गाउँबाट आउने गरेको बोहराले बताए ।

हिउँदको समयमा हिमपात बढी हुने र दाउरा टिप्नका लागि वनमा जान नसकिने हुँदा गाउँबाट बिक्रीका लागि ल्याइएको दाउरा किन्नुपर्ने अवस्था रहेको उनले बताए । विद्युत् नियमित नहुँदा सिमकोट बजारमा दाउराको माग बढेको हो ।

जिल्लामा गरिब तथा विपन्न बालबालिकाको जीवनस्तर माथि उठाउनका लागि बर्सेनि विभिन्न खालका अभियान, गोष्ठी, सेमिनार, तालीमजस्ता कार्यक्रममा लाखौँ रकम खर्च गरिन्छ । वास्तवमा बालबालिकासम्बन्धी नारा कागज र भाषणमै सीमित रहेको छ ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा...

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

साताका लोकप्रिय समाचार

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

झलनाथ खनाल काेराेना जितेर घर फर्किए

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फर्किएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल...

ट्रेन्डिङ

माओत्सेको निर्देशनमा पुष्पको नयाँ भिडियो

काठमाडौं । अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो निरन्तर सार्वजनिक भइरहेका छन् । यस्तैमा, शुक्रबार पुष्प अभिनित मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक...

सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले तत्काल फिर्ता नलिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको...

नेकपामा विवाद: सत्ता केन्द्रित कि पद्धति ?

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद चरम उत्र्कषमा पुगेको छ । १० असारबाट सुरु भएको स्थायी कमिटीको बैठक लम्बिदै स्थगित हुँदै आएको...

हेटौडामा एक साताका लागि निषेधाज्ञा थप

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि...

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका व्यक्तिको मृत्यु

धनगढी । कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको आज बुधबार विहान मृत्यु भएको छ । भारतको महाराष्ट्रबाट आएका कैलाली गौरीगंगा नगरपालिका...

भद्रकाली पेट्रोल पम्पमा सैनिक जवानद्वारा एसएलआर राइफलले गोली हानी आत्महत्या

काठमाडौं । नेपाली सेनाद्वारा सञ्चालित भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका एक सैनिक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तनहुँको साबिक रानीपोखरी गाविस...

‘वामदेवले अध्यक्ष दिने समूहमा जान्छु भन्नु भ्रमपूर्ण समाचार ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमकाको सचिवालयले विभिन्न सञ्चार माध्यमबाट प्रेषित समाचारमा ध्यानाकृष्ट भएको...

नेकपा बिवादः ओलीको अनुपस्थितिमै स्थायी कमिटीको बैठक धुम्बाराहीमा शुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको अनौपचारिक बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ । बैठकमा सचिवालय स्तरका कोही...

मुस्ताङमा पाँचौं पटकको हिमपातसँगै जनजीवन प्रभावित

पोखरा । हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश...

ओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ, नमिली सुखै छैन् : रघुवीर महासेठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन...

कोरोना प्रभावित क्षेत्रबाट नेपाल फर्किन अबैध बाटो प्रयोग गर्दै

इलाम । कोरोना भाइरसको त्रास बढेसँगै भारतको कोरोना प्रभावित क्षेत्रबाट नेपाली पलर्कन थालेका छन् । भारतमा काम गर्न गएका नेपाली नेपाल पर्किएसँगै अवैध बाटोबाट...

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख शाक्यको सचिवालयका अनुसार उनको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)