एथ्लेटिको मड्रिड बराबरीमा रोकियो

मड्रिड । स्पेनिस लालिगामा शीर्ष स्थानको एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एथ्लेटिको मड्रिड सेल्टा भिगोसँग दुई दुई गोलको बराबरीमा रोकिएको हो ।

एथ्लेटिकोका लागि दुबै गोल लुइस स्वारेजले गरे । एथ्लेटिकोका लागि दुई गोल गरेका स्वारेजले अहिलेसम्म यो सिजन लिगमा १६ गोल गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् ।

सेल्टाका लागि सान्टी मिना र फकुन्डो फेरेराले गोल गरे । बराबरीसँगै शीर्षस्थानमा रहेको एथ्लेटिकोको २१ खेलबाट ५१ अंक पुगेको छ । एथ्लेटिकोले दोस्रो र तेस्रो स्थानमा रहेको बार्सिलोना र रियल म्याड्रिडलाई ८ अंकले पछि पारेको छ । बार्सिलोना र रियलको समान ४३ अंक छ । सेल्टा २६ अंक जोडेर १०औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

epaper

ताजा समाचार

कुमार बेनको भारत भ्रमणवारे जानकारी छैनः परराष्ट्र मन्त्रालय