वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । दुई चरणमा निर्वाचन गर्ने भनेको सरकारले आगामी १७ वैशाखमा ४० र २७ वैशाखमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

यस्तै, दोस्रो चरणमा २७ गते कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि १७ र २७ वैशाखमा मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उसैदिन सदर गरिदिएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम