Sunday, February 28, 2021
Home अर्थ ब्युझिँदै बिजारे चौर

ब्युझिँदै बिजारे चौर

पर्यटन

भक्तबहादुर शाही

 झाङ सैपाल हिमालसँगै हुस्सुले बिजारे टम्म ढाक्छ । क्षणभरमै हुस्सु र घामको रापले चौरसँग हुस्सु र सुर्यले लुकामारी गरेको हेर्न लायकको छ । गुन्यूचोलोमा सजिएकी युवती वनतिर र घर फर्किन लस्करबीच बिहानी र बेलुकीपख पाटनलाई रमाइलो बनाउँदोरहेछ । बिहेवारी नभए पनि यसभेगका युवतीमा गहना र चुरा लगाउने चलन रहेछ । विवाह भए÷नभएको सिउँदोको सिन्दुरबाट वा सोधेरमात्र चिनिन्छ ।

पाटनमा गाई चराउने गोठाला कोही दण्डी बियो खेलेर रमाइरहेका हुन्छन् भने कोही कर्पेदी । बालपन चौरमै बिताएकी कैयौं चेली माइत फर्किंदा बिजारेमा नबसी माइतै आउँदिनन् अरे †

वैशाख र जेठमा काफल, ऐेसेलु र चुत्रा टिप्न जानेको चौरमा ओइरो लाग्दोरहेछ । छिमेकी चामुण्डाविन्द्रासैनी नगरपालिका जम्बुकाँध लयाटीविन्द्रासैनी, चामुण्डा र विशालाबाट काफल ऐसेलु र चुत्रा खान चौरमै बास बस्दा रहेछन् । अनि, दुई दिनपछि घर फर्किन्छन् ।

वसन्त ऋतुसँग चराचुरुंगीको आवाज र चौरवरिपरि पलाएको पालुवा मनमोह बनाउँदा बिजारे चौर झनै रमणीय देखिन्छ । कोइलीको मिठो स्वरले चौरमा बसेका युवायुवती र आन्तरिक पर्यटकलाई यताउता जान मनै लाग्दैन ।

बालपन चौरमै बिताएकी कैयौं चेली माइत फर्किंदा बिजारेमा नबसी माइतै आउँदिनन् अरे !

संघीय सरकार गठनसँगै बिजारे चौरमा सडक पुगेको छ । सधैंजसो दुई–तीन घर रहेको बिजारेमा सडक पहुँचसँगै धमाधम नयाँ घर निर्माण हुन थालेका छन् । स्थानीयबासी जितबहादुर विष्ट वनभोज खानका लागि आगन्तुक चौरमै बस्ने गरेको बताउँछन् । पश्चिम दैलेखका अधिकांश विद्यालय भ्रमण बिजारे चौर हो । चिसो दिनभन्दा गर्मीमा वनभोज खान चौरमा आउँदछन् । सबैभन्दा बढी त विजयादशमी र तिहारमा भीड लाग्ने गर्दछ । बिजारेनजिकै महत्वपूर्ण मानिने धौलापडा गुफा र ठुली छहरी भएकाले पर्यटकका लागि बिजारे चौरलाई पश्चिम दैलेखको महत्वपूर्ण स्थान मानिन्छ ।


समुन्द्री सतहीबाट २३ सय उचाईमा रहेको बिजारेमा वर्षेनी दुईपटक मेला लाग्छ । ओझेलमा रहेको पर्यटकीयस्थल बिजारे पुग्न पर्यटन मन्त्रालयको पार्ट–२ कार्यक्रममार्फत ट्रयाक खोलेपछि गाउँपालिकाले वर्षेनी बिजारेको सडक निर्माणका लागि बजेट बिनियोजन गर्ने गरेको ठाटीकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाही बताउँछन् ।

पर्यटकलाई बिजारे पुग्न असजिलो नहोस् भन्नका लागि सडक स्तरोन्नति गरिएको छ । बाह्रै महिना बिजारेमा यातायात पुग्छ । ठाटीकाँध गाउँपालिका–६ पाँचलामा गठित बागेश्वरी असल शासन युवा क्लबले जिल्लास्तरीय क्रिकेट आयोजना गरी प्रचारप्रसार गरेको थियो । क्लब अध्यक्ष भक्तबहादुर रोकायले धेरैजसो खेलाडीले चौरको रौनकतामा रमाएको स्मरण गरे ।

दैलेखमा रहेका दुईमध्ये द्वारी झरना क्षेत्र १ सदरमुकामबाट ७ कोष टाढा र ठुली छहरी झरना चौरबाट एक किलोमिटर खोचमा रहेको छ । झरनानजिकै धौलापडा गुफा पनि छ । दैलेखको एकमात्र मदानताल पुग्न चौरबाट तीन घण्टा पैदल लाग्छ भने नागे गुफा, बेहुली लेक, तिनचुलेजस्ता सेता हिमालले चौर हेरिरहेजस्तो लाग्छ ।


करिब ३ घण्टा दूरीमा चामुण्डाविन्द्रासैनी नगरपालिका –३ स्थित जलगुफा छ । करिब २५ मिटर लामो गुफाभित्र संरक्षण अभावले राम, हात्ती, शिवपार्वती जनावरलगायतका मूर्ति चोरी हराएका छन् । केही समयअघि देखिएका केही मूर्तिसमेत चोरी भइसकेका छन् ।

कर्णाली राजमार्गबाट दायाँ रामघाट सिगासैन सडक खण्डको १९ किलोमिटरमा बिजारे चौर पर्छ । नजिकैको ठुली छहरीबाट २० मिनेट उकालोपछि चौर भेटिन्छ ।

दैलेखका पर्यटकीयस्थलमा रहेका पञ्चदेवल मूर्ति, बेलासपुर मन्दिर, शिरस्थान, कोटिला, नाभीस्थान, पादुका मन्दिर, नेपाली भाषाको पहिलो शिलालेख रहेको दुल्लु, पाथरनाउली र पौवा चिनाए पनि पश्चिम दैलेख ठाटीकाँध गाउँपालिकामा रहेको मैदान ताल, चामुण्डाविन्द्रासैनी नगरपालिका –३ मा रहेको जलगुफा, धौलापडा गुफा, ठुली छहरी झरना, लकान्द्रको बिजारचौर र भिमपाइला भने गुमनाम छन् ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिन्धुपाल्चाेकमा दाहाल–नेपाल समुह संगठन विस्तारमा अक्रामक

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष...

दाहाल र नेपाललाई ओलीको काउन्टर

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी...

मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको...

चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी हुने

काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

साताका लोकप्रिय समाचार

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

नेपाली काँग्रेस पदाधिकारीहरुको बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा...

घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ

काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रूपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी...

ट्रेन्डिङ

अव्यवस्थित राजधानी र बागमतीको व्यथा

बागमती नदी सरसफाइ गर्न सुरु गरेको ४ सय साता भयो । ४ सय साताको समय भनेको लामो अवधि हो । यस अवधिमा बागमती सरसफाइ...

नरिच सिटी रेलिगेशनमा, सेफिल्डसँग चेल्सी पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजनमा नरिच सिटी रेलीगेशनमा पर्ने पहिलो टिम बनेको छ । यो सिजनमा नरिचले अहिलेसम्म खेलेका ३५ खेलमध्ये...

स्वास्थ्य सामग्रीमा ५७ प्रतिशत बढी नाफा लिँदै कालोबजारी

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीले अहिले बजारमा स्वास्थ्य सामग्री निकै अभाव छ । बजार अभावको फाइदा लुट्दै स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने व्यापारीले...

नेकपा विवाद समाधानतर्फ

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको सहमतिका आधारमा स्थायी कमिटीको बैठक चल्न थालेपछि पार्टीभित्रको अन्तरविरोध निकासतर्फ उन्मुख देखिएको छ । पार्टी...

योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहान–नेपाल समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् । प्रदेश १ को...

खैरा औसन नदिमा सेक्टर बाँध निर्माण हुने

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित खैरा औसन नदिमा सेक्टर बाँध निर्माण हुने भएको छ । बुधवार क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्य उपेन्द्र...

शिवलाई भन्टाको भार

धनुषाधाम नगरपालिकास्थित ऐतिहासिक धनुष मन्दिरमा भन्टाको भार चढाउनेको भीडै लाग्ने गर्छ । अन्य समय पनि चढाउँछन् तर शिवरात्रि, चतुदर्शी, साउने सोमबारी र...

बलिउडमा नातावाद भएको आमिरको कथन

मुम्बई । तीन वर्षअघि आफूले दिएको अन्तर्वार्ता भाइरल भएपछि बलिउडमा अभिनेता आमिर खानले पुरानै भनाइलाई समर्थन जनाएका छन् । आमिरले तीन वर्षअघि एक टेलिभिजन अन्तर्वार्ताका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

सिन्धुपाल्चाेकमा दाहाल–नेपाल समुह संगठन विस्तारमा अक्रामक

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको...

धेरै पढिएका

४३ दिनमा सकियो चुरीफुरी

काठमाडौं । ऋषिराज आचार्यको निर्माण निर्देशन रहेको हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन सम्पन्न भएको छ । पुस अन्तिमबाट छायांकन थालिएको यो चलचित्रको ४३ दिनमा...

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

स्वास्थ्यका कार्यक्रम महत्वाकाक्षी, कार्यान्वयन सुस्त

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रम समेटिए पनि अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन् । स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि...

औद्योगिक क्षेत्रको उद्घाटनले मात्र नारा पूरा हुन्न

सरकार अहिले विभिन्न नारा लिएर सडकभरि पोखिन लागेको छ । त्सो त उसले देशको ६ स्थानमा औद्योगिक क्षेत्र उद्घाटनको नारा पनि अघि सारेको छ...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)