Monday, May 17, 2021
Home भर्खरै जसपाभित्र पनि ‘भद्रगोल’

जसपाभित्र पनि ‘भद्रगोल’

,

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जसपाले त्यसलाई ‘असंवैधानिक, अलोकतान्त्रिक’ भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । तर, पार्टीभित्रकै मतभेदका कारण जसपा छुट्टै आन्दोलनका कार्यक्रम लिएर सडकमा छ । पार्टीभित्रकै मतभेदका कारण उसको आन्दोलन सशक्त बन्न सकिरहेको छैन ।

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव संयुक्त आन्दोलनकै पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ‘प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले निर्णय पर्खिनुपर्ने’ भन्दै निर्वाचनको पक्ष छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले संयुक्त आन्दोलन गर्नुपर्ने विषयमा जसपा नेतासँग छलफल गरेका थिए । यद्यपि, कांग्रेस र जसपाभित्र ‘संयुक्त आन्दोलन गर्ने कि नगर्ने ?’ भन्ने फरक मत रहेकै कारण संयुक्त आन्दोलन ओझेल पर्दै आएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओलीले गत ५ पुसमा संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध विभिन्न राजनीतिक दल आन्दोलित हुँदै आएका छन् ।

जसपाभित्र ‘संयुक्त आन्दोलन गर्ने कि नगर्ने ?’ भन्ने फरक मत रहेकै कारण संयुक्त आन्दोलन ओझेल पर्दै आएको हो ।

जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले संयुक्त आन्दोलनका लागि एजेण्डा पनि संयुक्त हुनुपर्नेमा जोड दिए । राजनीतिक दलबीच संयुक्त एजेण्डामा सहमति हुन नसकेको र प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले ढिलाई भएको उनले जानकारी दिए ।

‘संयुक्त आन्दोलनका लागि दलहरूले पुनस्र्थापित प्रतिनिधि सभाबाट संविधान संशोधनसहितको मुद्दामा सहमति हुनुप-यो,’ सुमनले भने, ‘प्राप्त उपलब्धिमा सबैले अपनत्व महशुस गर्नुपर्ने हुन्छ । संयुक्त आन्दोलनका लागि संयुक्त एजेण्डामा सहमति भएपछि पार्टीले पनि सोही अनुसार निर्णय गरेर अगाडि बढ्छ ।’

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच एकीकरण भई जसपा घोषणा भएपछि समायोजनासमेत अहिलेसम्म नटुंगिएको जसपा नेता बताउँछन् ।

पार्टी एकता भएको एक वर्ष पुग्नै लाग्न नेकपाजस्तै ‘भद्रगोल’ जसपामा पनि रहेको छ । विभिन्न पार्टीबीच एकीकरण हुँदै जसपा निर्माण भएकाले नेताका मतसमेत फरकफरक र कार्यशैली एउटै नभएकाले समस्या भएको बताइएको छ ।

(Visited 332 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

कोरोना संक्रमणले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ...

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

ट्रेन्डिङ

मुहान थुनिदा डुवान भएको भन्दै प्रदर्शन

सप्तरी, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराका बासिन्दाले वर्षाको पानी निकास नहुँदा दर्जनौं घर सय विगहा भन्दा बढी धान खेती जग्गा डुवानमा...

महेन्द्रको राष्ट्रवाद र बीपीको प्रजातन्त्र

नेपालको राजनीतिक इतिहासमा कसरी २०१७ साल पुस १ गतेको घटना घट्यो भन्ने कुरा सबै नेपालीहरूले बुझ्न सक्नुपर्छ । बीपी प्रधानमन्त्री भएपछि इजरायलको भ्रमणको बेला...

रिक्साचालक बर्मा प्रहरी कार्यालय पुगे अनि ७ लाख फिर्ता दिए

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सोमबार भारतबाट घर...

२४ घण्टामै थपिए १५६ संक्रमित, संक्रमितको संख्या १०४२

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि...

सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । तीनदिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । भारतबाट भएको सीमा अतिक्रमणको समाधान र कोरोना भाइरसविरुद्धको खोप उपलब्धताको आश्वासनसहित मन्त्री...

सिम्रौनगढ नगरप्रमुखविरुद्ध उपप्रमुखसहित ८ वडाध्यक्ष

बारा । सिम्रौनगढ नगरपालिकामा नियमविपरित काम भइरहेको भन्दै उपप्रमुख रिमादेवी कुशवाहाले पत्रकार सम्मेलन गरी जानकारी गराएकी छन् । रानीवासस्थित वडा भवनमा पत्रकार सम्मेलन गर्दै...

नेपाली उद्योग र रोजगारीको सवाल

कुनै पनि उपभोग्य वस्तु उत्पादन गर्ने स्थललाई उद्योग भनेर चिनिन्छ । उद्योगले देशको कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्नुका साथै रोजगारी सिर्जना गरी समग्रमा देशको...

नेपाललाई १० पदक

काठमाडौं । नेपालले आईएसकेयू इन्टरनेसनल अनलाइन कराते काता च्याम्पियनसिपमा ४ स्वर्णपदकसहित १० पदक हात पार्न सफल भएको छ । नेपालले चार स्वर्ण, समान ३...

मन्त्री अर्यालको निर्देशन ‘निश्चिन्त भएर काम गर्नुस्, कसैको डर, धम्कीले नडराउनु’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीसँग आज (मंगलबार)...

अमेरिकी निर्वाचन : ट्रम्प भन्दा बाइडन अगाडी

एजेन्सी । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न निर्वाचनको परिणा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका...

महाशिवरात्रि : पशुपतिनाथमा दर्शनार्थीहरुको भीड (फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । लाखौँ भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश...

दसैंमा सुरक्षा मापदण्ड पालना गरौं

नेपालीहरूको महान् चाड दसैं सुरु भएपछि महामारी संक्रमण रोकथामको मापदण्ड कायम नहुने हो कि भनी सरकारी निकायबाट चिन्ता व्यक्त गरिएको छ । चाडपर्व केन्द्रित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)