Monday, May 17, 2021
Home Breaking News डाक्टरको परामर्श शुल्क बढ्दा बिरामी मर्कामा

डाक्टरको परामर्श शुल्क बढ्दा बिरामी मर्कामा

,

काठमाडौं । डाक्टरहरूले परामर्श तथा जाँच्ने शुल्क बढाएसँगै बिरामी मर्कामा परेका छन् । चिकित्सकीय परामर्श शुल्क अत्यधिक रूपमा बढेपछि उपचार गर्न नसक्ने बिरामी स्वास्थ्य सेवा लिन पाउने हकबाट समेत वञ्चित हुने देखिएको छ । यसले विपन्न र गरिब नराम्ररी प्रभावित हुनेछन् ।

नेपाल चिकित्सक संघ र एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले पुनरावलोकन भएको चिकित्सकीय परामर्श शुल्क लिन आग्रह गरेका छन् । अबदेखि चिकित्सकले परामर्श दिएबापत बिरामीमार्फत पहिलेकोभन्दा केही शुल्क बढी लिनेछन् । चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० रुपैयाँदेखि अधिकतम ८ सय २५ रुपैयाँसम्म शुल्क लिनेछन् ।

नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क परिमार्जन गरिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । योसँगै नयाँ शुल्कअनुसार पाँच वर्षसम्म वा सोभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ३ सय ७०, पाँच वर्षभन्दा माथिकाले ४ सय ५० रुपैयाँ ओपीडी शुल्क लिन पाउनेछन् ।

– गरिब र विपन्नलाई उपचारमा समस्या पर्ने
– ३७० देखि ८२५ रुपैयाँसम्म निर्धारण

यस्तै, एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले पाँच वर्षभन्दा कम अनुभव भएकाले पाँच सय १५ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ५ सय ९० रुपैयाँ शुल्क लिन पाउनेछन् ।

यस्तै, एमडी÷एमएस र एमडीएस डाक्टरको हकमा पाँच वर्ष अनुभव नभएकाले ६ सय ६० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ७ सय रुपैयाँ लिन पाउने भएका छन् । डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७ सय ७० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८ सय २५ रुपैयाँ लिन पाउने भएका छन् ।

१० वर्षभन्दा बढी अनुभव भएका एमडी, एमएस र एमडीएस डाक्टरले ८ सय २५ रुपैयाँ शुल्क लिन पाउने भएका छन् । डाक्टरको परामर्श शुल्क २०७१ असोज १ गतेदेखि तोकिएको हो । सो समयमा हरेक दुई÷दुई वर्षमा शुल्क पुनरावलोकन हुने निर्णय भएको थियो ।

स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघसंगठनको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य मन्त्रालयले गत ४ माघमा गरेको सम्झौतापत्रमा चिकित्सकको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने उल्लेख थियो । सोहीबमोजिम शुल्क पुनरावलोकन गरिएको बताइएको छ ।

यस्तै, निजी अस्पतालमा कार्यरत मेडिकल अधिकृतको न्यूनतम तलब ४२ हजार कायम गरिएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)को बुधबार बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो ।

सुशासन ऐन, २०६३ अनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिकाअन्तर्गतको अनुगमन समितिको सिफारिसमा चिकित्सकको परामर्श शुल्क निर्धारण गरेको हो । सरकारले कुनै सेवा र वस्तुमा अधिकतम भाउ तोकेको छ भने त्योभन्दा बढी लिनेलाई कालोबजारी ऐनअनुसार कारबाही हुन्छ ।

सो कारबाहीअन्तर्गत एकदेखि तीन वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्छ । केही अस्पतालमा डाक्टरले परामर्श तथा बिरामी जाँच शीर्षकमा मनपरी शुल्क असुल्दै आए पनि यसअघि नियमन हुन सकेको थिएन ।

(Visited 166 times, 1 visits today)
Loading comments...

आजको समाचार

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

बलात्कार बिरुद्ध उजुरी दिएको भन्दै प्राध्यापकले दिए महिलालाई धम्कि

काठमाडौं । त्रीभुवन विश्वविद्यालय समाजशास्त्र विद्यार्थी फ्रन्टले मानवशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख डा. डम्बर चेम्जोङमाथी बलत्कारको आरोप लागेको भन्दै निष्पक्ष छानवीनको माग गरेका छन्...

भारतमा शव जलाउन दाउरा अभाव, गङ्गा नदी किनारामा शवको थुप्रो

एजेन्सी ।  प्रयागराज, भारत, २ जेठ (रासस–एपी) – भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको...

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

महामारीबाट प्रभावित किसानलाई राहत दिन मन्त्री अर्यालको निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुक कोभिड १९ महामारीको संकटमा रहेको अवस्थामा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सबैखाले सुरक्षा मापदण्ड अपनाएर...

साताका लोकप्रिय समाचार

एसईई र १२ कक्षाको परीक्षा स्थगित

काठमाडाैं ।  यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको  बैठकले परीक्षा स्थगित गर्ने निर्णय...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

यूएई र कुवेतमा नेपालीलाई प्रवेश गर्न रोक

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ...

भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिडविरूद्धको पहिलो खोप दिइयो

नयाँदिल्ली । भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनले बुधबार जानकारी गराउनुभएको छ । यो वर्षको जनवरी १६ देखि खोप...

ट्रेन्डिङ

तोरन्लमा सामान्य तारा पूजा बाहेक अन्य कार्य नगर्न थकाली सेवा समितिको आव्हान

काठमाडौं । थकाली सेवा समिति नेपालले थकाली समुदायको महान् सांस्कृतिक पर्व तोरन्लमा सामान्य तारा पूजा (पित्रृलाई चढाउने) बाहेक अन्य कार्य नगर्न आव्हान गरेको छ...

सम्पादकीय : सन्तुलन र स्वतन्त्रतामा आधारित परराष्ट्र नीति

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलोपटक निर्वाचित बहुमतको सरकारले एकीकृत नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ । सन्तुलन र स्वतन्त्रतामा आधारित यो परराष्ट्र...

मरिष्का सिड्नीमा

सिडनी । अभिनेत्री मरिष्का पोखरेल यतिबेला अष्ट्रेलियाको सिड्नी आइपुगेकी छिन । उनि यसै साता मात्र सिड्नी आइपुगेकी हुन । पछिल्लो समय यूबा...

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

२५ करोडको अखाद्य वस्तु बचाउन चलखेल

काठमाडौं । प्रहरीले राजधानीका विभिन्न स्थानबाट बरामद गरेका २५ करोड मूल्य बराबरको अखाद्य वस्तुलाई बचाउन उच्च घरानियाँ व्यापारीहरूले नै चलखेल गर्न थालेका छन् ।...

पोखरामा पहिरोमा परी ७ जनाको मृत्यु, १२ घाइते

पोखरा । अविरल वर्षासँगै आएको पहिरोले पोखराका विभिन्न ठाउँमा गरी ७ जनाको मृत्यु भएको छ । पोखरा १८, सराङ्कोटस्थित गोठादीमा ५, पोखरा–२५ हेजामा १...

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

खाँदबारी । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौँस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग...

महोत्तरीमा घाँटी थिचेर बालकको हत्या

महोतरी । महोत्तरीको सम्सी गाउँपालिका २ मा एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सम्सी गाउँपालिका २ पर्सादेवाड गाउँका १३ वर्षीय मजिबुल...

प्रदेश २ सरकारद्वारा २५ करोड रुपैयाँको राहत कोष स्थापना

जनकपुरधाम । कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन प्रदेश २ सरकारले २५ करोड रुपैयाँको राहत कोषको स्थापना गरेको छ...

शिक्षण अस्पतालको यो टिठ लाग्दो दृष्य (फोटोफिचर)

काठमाडौं । महाराजगञ्जमा रहेको त्रिबि शिक्षण अस्पतालको आइसोलेशन कक्षमा क्षमता भन्दा बढी छन् कोरोना संक्रमित । आइसोलेशन कक्षमा ठाउँ नपुगेपछि कतिपय संक्रमितले पेटीमै उपचार...

एक जना पुरुषको १३ श्रीमति, सबै गर्भवती

एजेन्सी । नाइजेरियाका एक नागरिकले १३ जना श्रीमतिसंगै संगै बसेको तस्बिर सार्वजनिक गरेका छन् । अझै रमाईलो कुरा १३ जना श्रीमति गर्भवती भएका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)