कठै ! हाम्रो शिक्षा । झोला बोक्यो । किताब पढ्यो । जाँच दियो । मार्कसेट पायो । डिग्री बढायो । न रोजगार छ न त बिषगत पर्याप्त ज्ञान एवं सीप । कृषिप्रधान देशको राज्य, शिक्षालय, शिक्षक एवं विद्यार्थीहरू कृषि उत्पादनमा अनभिज्ञ । आलु, टमाटर, धान, मकै, कोदो, फापर, फलपूmल कसरी उत्पादन गरिन्छ भन्ने विषयवस्तु न त पाठ्यक्रममा समेटिएको छ, न त पाठ्यपुस्तकहरूमा । यसैगरी गाईं भंैसी भेंडा, बाख्रा, पन्छी, माहुरी तथा मत्स्यपालनलगायतका व्यबसायमा आधुनिकीकरण, यान्त्रिकीकरण, बजारीकरण एवं औद्योगीकरणको ज्ञान तथा सीप शैक्षिक उद्देश्यबाट बाहिर । शिक्षालयहरू बेखबर । गुरुजनहरू अनभिज्ञ । नीति निर्माताहरू अनजान । विद्यार्थीहरू अलमल्ल ।
हाम्रो देशमा प्रसस्त प्राकृतिक खानी एवं खजनाहरू छन् । गाउँघर वरिपरि जडिबुटीहरू प्रसस्त छन् । भूगर्वमा सुन, चाँदी, हीरा, मोती, कोइला, पेट्रोलियम पदार्थलगायतका खानी खजनाहरू प्रशस्त छन् । यिनीहरूको अनुसन्धान, पहिचान, उत्खनन एवं प्रयोगको ’boutमा दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा काविल छैन । नेपाललाई जलस्रोतमा विश्वकै दोस्रो धनी राष्ट्र भनेर चिनिन्छ । देशमा छ हजार भन्दा धेरै नदीनालाहरू छन् । हरेक पहाडको फेदीमा खोलाहरू छन् । केही मिटरको उचाइमा खेतका फाँटहरू छन् । सिँचाइको सुविधा छैन । हजारांैको संख्यामा ताल, तलैया, पोखरी एवं झर्नाहरू छन् ।
जलस्रोत उपयोगगरी देश विकास र आयआर्जन बढाउने कार्यसम्बन्धी विषयवस्तुको ज्ञान विद्यालयतहदेखि युनिभर्सिटीसम्म पाइँदैन । खाने पानीको अभाव, सिँचाइको असुविधा, ऊर्जा उत्पादनलगायतका सुविधाहरूबाट वञ्चित हुनुपरेको छ । पानीको धारा बिग्रिए पनि बिजुलीको बल्ब पmुयज् गए पनि, पशुपन्छी बिरामी भए पनि परिवारका सदस्यहरू अनभिज्ञ । यही होइन त राज्यले नागरिकलाई प्रदान गरेको शिक्षाको मोडेल ?
शिक्षालयहरूका तहगत पाठ्यपुस्तकहरूमा नेपालमा खाद्यपदार्थ, फलफल, औषधि, पेट्रोलियम पदार्थ, आटोमाबाइल भारतलगायत अन्य देशबाट आयात गरिन्छ, भन्ने विषयवस्तु पढाएर, विद्यार्थीलाई कण्ठस्थ गर्न लगाई नेपालले कुन देशबाट खाद्यान्नलगायतका वस्तुहरू आयात गर्दछ भन्ने प्रश्नहरूको जवाफको खोजी गरी मूल्यांकन गरी कक्षा चढाउने शिक्षा प्रणालीले देश कहिले उँभो लाग्ने ? देशमा भएको प्राकृतिक स्रोत र साधनहरू कसरी उपयोग गर्ने ? शिक्षा रोजगारीसँग कसरी जोडिने ? शिक्षित युवाहरू कसरी स्वरोजगार बन्ने ? यसरी हेर्दा राज्यले तय गरेको शिक्षाको व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय उद्देश्यहरू नै अधुरा छन् । अपूरा छन् । त्यसैले पहिलो, दोस्रो र यस अनुच्छेदमा उल्लेख गरिएका विषयवस्तुहरूलाई समेटिएको ज्ञान र सीपसहितको गरी खाने शिक्षा नै जीवन उपयोगी शिक्षा हो ।
हाम्रो शिक्षा प्रणालीलाई सिद्घान्तमा आधारित बनाइयो । सैद्घान्तिक शिक्षामा पनि शास्त्रहरूको अध्ययन भयो । शास्त्रार्थ हुन सकेन । व्यवहारमा लागू हुन सकेन । अहिले समाजमा नैतिक आचरण, इमानदारिता, समाज कल्याण, परोपकारजस्ता मानवीय गुणहरू हराउँदै गएको अग्रज पुस्ताहरूको बुझाइ छ । अभिभावकहरूको दुःखेसो छ । पाठ्यक्रममा नैतिक शिक्षालाई समावेश गरिएको छैन । श्रवण कुमारले अन्धा बुवा आमाहरूलाई बोकेर तीर्थयात्रा गराएको विषय पढ्न नपाएको आधुनिक पुस्ताबाट जन्मदाता मातापिताहरू नै अपहेलित हुन परेका घटना प्रशस्त भेटिन्छन् । बढेसकालका साहारा भनिएका आप्mनै सन्तानहरूबाट जन्मदाताहरू वृद्घाश्रममा जानुपरेको तीतो यथार्थले राज्यले नैतिक दायित्वबोध र कर्तव्य पालना गर्न सक्ने आदर्शवान् नागरिक उत्पादन गर्न नसकेको प्रमाणित हुन्छ । यसरी नैतिक मूल्य र मान्यतालाई जीवनमा अभ्यास गर्ने दृष्टिकोणबाट हेर्दा पनि राज्यले प्रदान गरेको शिक्षा व्यवहारोपयोगी देखिँदैन ।
शिक्षित युवा आफूले आर्जन गरेका शैक्षिक प्रमाणपत्र घरमा थन्क्याएर अन्तर्राष्ट्रिय बजारमा काम गर्न जानु पर्ने बाध्यताको समाधानका लागि जीवनोपयोगी शिक्षा निर्विकल्प आवश्यकता हो
अहिले समाज भौतिकवादी चिन्तनबाट ग्रस्त छ । अध्यात्मिक ज्ञानबाट टाढिदै छ । पाठ्यपुस्तकमा मुनामदन, रोमियो, जुलियट, लैलामजनु, राम लक्षुमणजस्ता कथाहरू पढेका विद्यार्थीहरू जब पारिवारिक एवं व्यावहारिक जीवनमा प्रवेश गर्दछन् तब आफ्नो कर्तव्यलाई सहनशीलतापूर्वक व्यहारमा लागु गर्न असफल भएकोे अवस्था छ । हरेक सम्बन्धहरू स्वार्थसँग गाँसिएर अभ्यास हुँदा समाजमा पारिवारिक झगडा, सम्बन्ध विच्छेद, उत्ताउलो चरित्र, आपसी असझदारी, चोरी, डकंैती, बलात्कार, लागूपदार्थ दुव्र्यसनी प्राणहत्यालागायतका घटनाहरू दिन प्रतिदिन बढेको अवस्था छ । सिद्घान्तमा अध्ययन गरेका विषयहरूलाई व्यवहारमा उतार्न सकिएन भने प्राप्त गरेको ज्ञान जीवन उपयोगी हुन सक्दैन । शिक्षाले सकारात्मक सोचाइ, उदार व्यवहार, सहनशील अभ्यास र मानवतावादी चिन्तनको विकास गर्न नसकेमा व्यावहारिक रूपमा शिक्षा प्रमाणपत्र बटल्ने माध्यम मात्र हुन्छ । यस्तै, भइरहेको छ ।
लोकतान्त्रिक दृष्टिकोणले हेर्दा समाजका हरेक व्यक्ति, संघ, संस्था एवं राज्य र यसका निकायहरू प्रतान्त्रिक हुन आवश्यक ठानिन्छ । आप्mनो र अरुको अधिकार, कर्तव्य, दायित्व एवं जिम्मेवारी बोध भएका नागरिकहरू लोकतान्त्रिक समाजका आधार हुन् । व्यक्ति, समाज तथा सामूहिक अभ्यास गरिने निकायहरूमा सहिष्णु व्यवहार, लोककल्याणकारी चिन्तन, परोपकारी कार्य र प्र्रजातान्त्रिक अभ्यासको खाँचो हुन्छ । समाजमा भ्रष्टाचार, असमझदारी, बेमेल, अशान्ति, द्वन्द्व बढ्दै गएको पाइन्छ ।
हाम्रो समाज बहुभाषिक, बहुधार्मिक, बहुजातीय एवं बहुसांस्कृतिक चरित्रको छ । यस्तो समाजमा अरूका मूल्य, मान्यता, संस्कार, धर्म, भाषा, प्रचलन आदि विविधताहरूलाई इज्जत गर्न सक्ने, समाजको आवश्यकता अनुरूप सामाजिकीकरण र सामञ्जस्य गर्न सक्ने शिक्षा दीक्षा आजको आवश्यकता हो । यसरी सोसियो–पोलिटिकल दृष्टिकोणबाट हेर्दा पनि शिक्षाले समाजमा अनुशासित एवं लोकतान्त्रिक व्यवहार निर्माण गर्न सकेको अवस्था देखिँदैन ।
अहिले समाज २१औं शताब्दीको तेस्रो दशकमा गतिशील छ । यो शताब्दी, समाजका अवैज्ञानिक चालचलन, रीतिरिवाज, अन्धविश्वासजस्ता अभ्यासहरूलाई शिक्षाको चेतनाको माध्यमद्वारा, संशोधन, परिमार्जन एवं परिवर्तन गर्दै समय हो । अग्रज पुस्ताले व्यवहारमा ल्याएका समाजका असल अभ्यासलाई पुस्तान्तरण गर्दै जाने युग हो । यसो गर्दा शास्त्रीय मूल्य र मान्यतालाई शाास्त्रार्थ गर्दै विज्ञान र तर्कका आधारमा व्यवहारमा लागू गर्नुपर्ने हुन्छ । शास्त्रीय दृष्किोणबाट जीवन उपयोगी ज्ञान र उपदेशहरूलाई अनुशरण गर्न र गराउनको लागि तदअनुरूपको शिक्षाको अनिवार्यता हुन्छ । आधुनिक समाज निर्माणको लहलहैमा मानवीय मूल्य र मान्यताहरूको लोप हुन गएमा व्यक्ति, समाज र सिंगो राष्ट्रिय जीवन अस्तव्यस्त हुन्छ । अहिले यस्तै भइरहेको छ ।
नागरिकहरूले पृथ्वीनारायण शाहको इतिहास पढेर देशप्रेम बुभ्mन नसक्ने, रामको जीवनीबाट अरूलाई न्याय दिन नसक्ने, भीमसेन थापाको जीवनी पढेर स्वाधीनताको महत्व बुभ्mन र बुझाउन नसक्ने शिक्षाको मोडेल ऐतिहासिक दृटिकोणबाट हेर्दा जीवन उपयोगी हुन सक्दैन । देशको इतिहास र पुर्खाहरूको योगदानबाट सकारात्मक सन्देश आर्जन गरी तदअनुरूपको व्यवहारको विकास गर्न शिक्षाले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ ।
शिक्षा मानिसको आन्तरिक शक्तिहरूलाई बाहिर ल्याउने माध्यम हो । आजको युगमा शिक्षालाई असल मानवीय जीवनको सार्थकता र सभ्य समाज निर्माणका साथै भौतिक विकासको पूर्वाधार मानिन्छ । यस अर्थमा शिक्षा जीवनको तयारी र समाज विकासको भरपर्दो साधन हुन आउँछ । भोलिको समाजका आवश्यकताहरूलाई सम्बोधन गर्न सक्ने शिक्षाको मार्गचित्र बनाउँदा वर्तमान अवस्था र यसका कमीकमजोरीहरूमा सुधार गर्न जरुरी हुन्छ । यसो गर्दा शिक्षाको व्यक्तिगत, सामाजिक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उद्देश्यहरूमा फेरबदल गर्न पर्ने हुन सक्छ । यसका लागि राज्यले तहगत उद्देश्यसहित तय गरेको तहगत पाठ्यक्रम एवं पाठ्यपुस्तकहरूलाई समयसापेक्ष बनाउन संशोधन, परिमार्जन एवं परिवर्तन गर्नुपर्ने हुन्छ । यसै गरौं ।
अबको समाज ज्ञान, विज्ञान र प्रविधि प्रयोगसँगै जिउनुपर्ने अवस्थामा छ । वैज्ञानिक दृष्किोणको आधारमाबाट हेर्दा शिक्षाले शिक्षार्थीहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र आविष्कारहरूको ज्ञान प्रदान गर्नुको साथै खोजमूलक चिन्तन र सिर्जनशील प्रतिभाका ढोकाहरू खोल्न सक्नुपर्दछ । वैज्ञानिक तथा रोजगारमूलक शिक्षाको अभावमा अहिले देशका शिक्षित युवाहरू आपूmले आर्जन गरेका शैक्षिक प्रमाणपत्रहरू घरमा थन्क्याएर अन्तर्राष्ट्रिय बजारमा काम गर्न जानुपर्ने बाध्यताको समाधान गर्नका लागि जीवनोपयोगी शिक्षा निर्विकल्प आवश्यकता हो ।
अन्त्यमा, राज्यले देशको सामाजिक, सांस्कृतिक, आर्थिक, भौगोलिक, राजनीतिक, विज्ञान र प्रविधको विकासलगायतका क्षेत्रहरूमा बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा आधारित जीवनोपयोगी शिक्षा लागू गर्न विलम्ब नगरोस् । देशमा प्रचुर मात्रामा प्राकृतिक स्रोत र साधनहरू हुँदाहुँदै पनि वैज्ञानिक एवं जीवनोपयोगी शिक्षाको अभावले बेरोजगार हुनुपर्ने र शिक्षित युवापुस्ताले विदेशी भूमिमा श्रम र श्री बेच्न बाध्यात्मक अवस्थाको अन्त्य गरोस् । शिक्षाका हरेक विषय र संकायहरूमा जीवनोपयोगी विषवस्तुहरूलाई शिक्षण सिकाइको माध्यम बनाउन सम्बन्धित क्षेत्रका विज्ञ एवं विषज्ञहरूसँग सहकार्य गरोस् ।






