१ सय ७३ थान लागुऔषधसहित युवक पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर लागु औषधको सवारमा आक्रमक रुपमा प्रस्तुत हुँदा पनि यहाँ भने दैनिक जसो लागु औषध सेवनकर्ता तथा ओसार पसारमा संलग्न युवाहरु पक्राउ पर्ने गरेको छ । किशोरकिशोरी तथा युवा युवतीहरुलाई कुलतमा फसाएर रातारात धनी बन्न बैधानिक रुपमा खोलीएका मेडिकल पसलबाट नै अबैध लागु औषध बिक्रि हुने गरेको तथ्य सार्वजनिक भएको छ ।


उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट एक युवा भारी मात्राको लागू औषध सहित पक्राउ परेका छन् पछिल्लो पटक । बिहीबार राती चौदण्डीगढी नगरपालिका– ४, को स्वामीचोकबाट २५ वर्षीय रोशन मगर १ सय ७३ थान बिभिन्न किसिमका लागु औषध र गाँजा सहित पक्राउ परेको प्रहरी चौकी बसाहालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


मगरलाई प्रहरी चौकी बसाहाबाट खटेको टोलीले शंका लागी सोधपुछ गर्दा उनको साथबाट स्पास्पेन नामक लागु औषध १ सय १० थान र एप्काडोल नामक प्रतिबन्धित लागु औषध ६३ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै मगरको साथबाट ५० ग्राम गाँजा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक प्रवक्ता डिएसपी हरिकृष्ण केसीले बताए ।


पक्राउ परेको मगरले दिएको बयान अनुसार सोही ठाउँका राजकपुर यादवले सञ्चालन गरेको मेडिकलबाट किनेको बयान अनुसार स्वामी चोकस्थित लक्ष्मी मेडिकलमा छापा मार्दा यादव नभेटिएको बताइएको छ । उनी फरार रहे पनि उनको मेडिकलमा प्रहरीले छापा मार्दा झण्डै २ हजार थान ट्याव्लेट फेला परेको छ । यादवको मेडिकलबाट प्रहरीले प्रतिबन्धित स्पास्पेन ९ सय १० ट्याव्लेट, एप्काडोल ९ सय ४८ ट्याव्लेट तथा टाईफेनिकोल नामक लागु औषध ५७ थान गरी १ हजार ९ सय १५ थान लागु औषध बरामद भएको छ ।


मगरलाई इलाका प्रहरी कार्यालय बेल्टार ल्याएर अनुसन्धान सुरु गरिएको छ भने फरार यादवको खोजी तीव्र पारिएको छ । यादवको मेडिकलबाटै प्रतिबन्धित लागु औषध बरामद हुनुले औषधी बेच्ने बहानामा बैधानिक मेडिकलहरु भित्रभित्रै गैर कानुनी काम गर्दै समाज बिगार्ने मुख्य भूमिका खेल्दै रातारात धनी हुने धन्दामा लाग्ने गरेको प्रमाणित भएको छ । यस अघि पनि जिल्लाका बिभिन्न मेडिकलहरुले लागु औषध बेच्ने गरेको समाचार बाहिरिदै आएको छ ।

गत वर्ष आयोजित नगरपालिका भरीका मेडिकल व्यवसायीहरुको भेलामा चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राईले अबैध लागु औषधको किनबेच मेडिकलहरुबाटै हुने गरेको गुनासो आएको भन्दै बैधानिक कामको आवरणमा अबैधानिक गतिबिधि नगर्न सुझाएका थिए । त्यसको केही महिनापछि बेलटारस्थित एक मेडिकल हलबाट लागू औषध बिक्री गरेको तथ्य बाहिरिएपछि प्रहरीले सबै मेडिकलहरुलाई सचेत गराएको थियो ।


अहिले चौदण्डीगढीकै लक्ष्मी मेडिकलबाट पुनः यत्ति ठूलो परिमाणको लागु औषध बरामद हुनुले बैधानिक व्यापारको आवरणभित्र अबैधानिक गतिबिधि गर्दै समाज बिगार्ने क्रियाकलाप हुने गरेको तथ्य उजागर भएको छ । सदरमुकाम गाईघाटस्थित एक मेडिकलमा पनि लागु औषध किनबेच हुन्छ भन्ने दुव्र्यसनीको बयान अनुसार प्रहरीले छापा मारेको थियो । तर, त्यहाँ भने लागु औषध बरामद नभएको प्रहरीले जनाएको छ ।


बैधानिक व्यापारको पर्दा भित्र बसेर गैरकानुनी काम गर्दै लाखौं युवायूवतीको भविष्य बर्बाद गर्ने मेडिकल सञ्चालकहरुलाई प्रमाण जुटाएर हदैसम्मको कारबाही गर्नुपर्ने चौदण्डी नगर प्रमुख खगेन्द्र राईको भनाई छ । औषधी बेच्ने बहानामा प्रतिबन्धित लागु औषध बेच्ने जोकोही व्यापारी व्यवसायी कानुनी रुपमा दण्डनीय हुने भन्दै उनले यस्तो गैरकानुनी गतिबिधि विरुद्ध प्रशासन, प्रहरी, मेडिकल व्यवसायी संघ, उद्योग बाणिज्य संघ र सम्पूर्ण जनप्रतिनिधि एकजुट भएर लागी पर्नुपर्ने आग्रह उनले गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 510 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान