काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको बहस शुक्रबार सकिएको छ । शुक्रबार एमिकस क्युरी सदस्य गीता पाठक संग्रौलाले आफ्नो राय दिएसँगै बहस सकिएको हो ।

सर्वोच्चले १० फागुनसम्म आफ्नो बहस नोट बुझाउन दुवै पक्षलाई समय दिएको छ । सो रिटको अर्को पेसी आउँदो ११ फागुनका लागि तोकिएको छ । ४ माघ यता निरन्तर सुनुवाइ भइरहेको यो मुद्दामा एमिकस क्युरीबाट पाँच जना वरिष्ठ कानुन व्यवसायीले इजलाससामु सुझाव पेस गरे ।

एमिकस क्युरीको राय सकिएसँगै दुवै पक्षलाई बहस नोट बुझाउन समय दिएको सर्वोच्चले अब निर्णय सुनाउने (निसु) प्रक्रियाअघि बढाउनेछ । सर्वोच्च प्रशासन स्रोतका अनुसार ११ फागुनमा पेसी तोकिएकाले त्यसपछि अदालतले जुनसुकै बेला पनि आफ्नो फैसला सुनाउन सक्नेछ ।

एमिकस क्युरीको राय सकिएसँगै दुवै पक्षलाई बहसनोट बुझाउन समय दिएको सर्वोच्चले अब निर्णय सुनाउने (निसु) प्रक्रियाअघि बढाउनेछ । सर्वोच्च प्रशासन स्रोतका अनुसार ११ फागुनमा पेसी तोकिएकाले त्यसपछि अदालतले जुनसुकै बेला पनि आफ्नो फैसला सुनाउन सक्नेछ ।

एमिकस क्युरीको बहस सकिएसँगै इजलासले कानुन व्यवसायीका बहस नोट अध्ययन गर्ने भएको छ । अदालतले गत १० पुसमा प्रतिनिधि सभा विघटनको विषयमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै एमिकस क्युरी (अदालतको सहयोगी) झिकाउने निर्णय गरेको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुनेपछि सर्वोच्चले केही दिनदेखि अदालतको सहयोगी (एमिकस क्युरी)को राय लिएको थियो । एमिकस क्युरीमा नेपाल बारबाट वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र बद्रिबहादुर कार्की तथा सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता गीता पाठकले आफ्नो राय प्रस्तुत गरेका थिए ।

विज्ञका रूपमा उनीहरूको राय लिएपछि अदालतले अब बहस नोट अध्ययन गर्ने र फैसलाका लागि केही समय लाग्ने बताएको छ । अदालतले फागुनको दोस्रो सातासम्म बहस नोट अध्ययन गर्ने र त्यसपछि फैसला गर्न सक्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वअर्थमन्त्री पाण्डेको निधन