Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ३ नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

,

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ ।

अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा दिने वा अविश्वास प्रस्ताव ‘फेस’ गरेर जाने दुई विकल्प रहेको कानुनज्ञाता तथा राजनीतिज्ञ बताउँछन् ।

संसद् विघटन गर्नुअघि नै ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । सर्वोच्चले मंगलबार साँझ नै आगामी १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिइसकेको छ ।

अब बस्ने संसद् पहिलो बैठकमा नै ओलीविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत हुने देखिएको छ । ओलीले त्यसअघि नै राजीनामा दिएमा भने देश नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा जानेछ ।

विभिन्न दलका नेताले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै मंगलबार नै प्रधामन्त्री ओलीको राजीनामा मागेका छन् ।

ओलीले ‘अरु नौटंकी गरे दुर्गती हुने’ भन्दै प्रचण्डले ‘नैतिकता भए तत्काल राजीनामा दिन’ सुझाएका छन् । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पदमा बसिरहने नैतिक अधिकार एक सेकेन्ड पनि नभएको टिप्पणी गरेका छन् ।

संविधानविद् भिमार्जुन आचार्य प्रधानमन्त्री ओलीले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा जोड दिन्छन् ।
प्रधानमन्त्री ओली तथा सत्तापक्षले भने ‘राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्ने ?’ भन्ने निर्णय गरिसकेका छैन । उसले सर्वोच्चको फैसला स्वीकारेर जानेमात्र प्रतिक्रिया दिएको छ । ‘सर्वोच्चको फैसला अपेक्षित रहेन तर अहिलेलाई स्वीकार गरेर जान्छौं,’ परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सर्वोच्चको फैसलाले जारी राजनीतिक समस्या हल नगर्ने भए पनि सबैले मान्नुपर्ने जनाएका छन् । प्रचण्ड–माधव नेतृत्वको नेकपाले भने प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिए संसदीय प्रक्रियाबाट हटाउने तयारी गरेका छन् । ‘नैतिकताका आधार तत्काल प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ,’ नेतृ पम्फा भुसालले मंगलबार राजधानीसँग भनिन्, ‘यदि त्यसो नभएको खण्डमा संसदीय प्रक्रियामार्फत अघि बढ्ने छौं ।’
प्रचण्ड–माधव नेतृत्वको नेकपा संसदीय दलको बैठक आज बुधबार बस्दै छ । स्रोतका अनुसार बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्नेछ ।

प्रचण्ड–माधव समूहले यसअघि नै ओलीलाई नेकपा साधारण सदस्यसमेत नरहनेगरी हटाइसकेको छ । ओलीले नैतिकताका आधारमा राजीनामा नदिए अविश्वास प्रस्ताव अघि बढाएर पदबाट हटाउने सो समूहले जनाएको छ ।

सर्वसाधरणमा प्रधानमन्त्री ओलीले संकटकाल लगाउनसक्ने त्रास पनि कायम रहेको पाइएको छ । तर, प्रधानमन्त्री सचिवालय तथा सरकारकै मन्त्रीले सर्वोच्चको फैसला मानेर जाने बताइरहेकाले प्रधानमन्त्री त्यो बाटोमा जानेमा नदेखिएको राजनीतिज्ञको तर्क छ । एक राजनीतिज्ञले ओलीले ‘अब केही दिन संसदीय दलमा बहुमत ल्याउन प्रयास गर्ने’ तर्क गरेका छन् ।

(Visited 222 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

च्याम्पियन्स लिगः सेमिफाइनल समीकरण पूरा

लन्डन । च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने टोली निर्धारण भएको छ । सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इग्लिस क्लब म्यान्चेस्टर सिटी तथा...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरसको सङ्क्रमण

 एजेन्सी । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। शङ्का लागेपछि कोरोना परीक्षण गर्दा उनलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि...

सातवटै प्रदेशमा चार्जिङ स्टेसन निर्माण गरिँदै

काठमाडौं । विद्युतीय सवारीसाधन विस्तारका लागि चार्जिङ स्टेसन निर्माणको ठेक्का सम्झौता सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले देशका ५० वटा स्थानमा विद्युतीय सवारीसाधनका...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडाैं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा...

ट्रेन्डिङ

जीवन उपयोगी शिक्षाको मोडेल

कठै ! हाम्रो शिक्षा । झोला बोक्यो । किताब पढ्यो । जाँच दियो । मार्कसेट पायो । डिग्री बढायो । न रोजगार छ न...

संसद्को खिचातानीले संघीय निजामती विधेयक फेरि अलपत्र

काठमाडौं । सरकार र संसद् दुवैले चासो नदिँदा मुलुकको कर्मचारी प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी ऐन बन्न फेरि पनि ढिलाइ हुने भएको छ ।...

आवरण लिएर आए राजसागर

काठमाडौं । गायक राजसागरले नयाँ गीत ‘अवसर...’ दर्शक–श्रोतामाझ ल्याएका छन् । यो गीतलाई कल्पना तामाङले लेखेकी हुन् । गीतमा राजसागरकै संगीत रहेको छ ।...

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार...

सर्लाहीमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ४९ पुग्यो

धनकौल । सर्लाहीको धनकौलमा र रामनगरमा फेरी कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् । सर्लाहीको धनकौल गाउँपालिकामा १९ वर्षिय र ४० वर्षीय पुरुषमा कोरोना संक्रमणको...

सिन्धुलीगढी रानीदरबारको पुनःनिर्माण हुने

सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनः निर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका...

फुटबल फर्किदाको फरक दृश्य

म्युनिख । कोभिड–१९ को महामारी र त्रासका कारण विश्व खेलकुद ठप्प बन्दा खेलाडीहरूले झन्डै ६५ दिनदेखि खेल्न तथा समर्थकहरूले खेलको मजा लिन पाएको थिएनन्...

निगमले झापामा एलपी ग्याँस र पेट्रोलिय पदार्थको भण्डारण विस्तार गर्ने

काठमाडौँ । नेपाल आयल निगमले झापामा एल.पी ग्याँस र पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने भएको छ । निगमले ४० हजार किलोलिटरको पेट्रोलियम पर्दाथ...

नेपाली सेनाले आयोजना गरेको ट्रेल रेस सम्पन्न (फोटो फिचर)

ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले सिन्धुपाल्चोकमा पहिलो पटक माउण्टेन ट्रेल रेस प्रतियोगीता सम्पन्न गरेको छ । सेना दिवसको पुर्वसन्ध्यामा नेपाली सेना गोरखबक्स गण...

बारामा अफिमसहित ६० वर्षीय वृद्ध पक्राउ

बारा । बारामा २ केजी लागूऔषध अफिमसहित ६० वर्षीय एक वृद्ध पक्राउ परेका छन् । पचरौता नगरपालिका–६ पकडी बस्ने सहजमान मिया अन्सारी पक्राउ परेका...

नारायण प्रधानको नेतृत्वमा द्वन्द्व कलाकारमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली चलचित्रमा फाइट आर्टिस्टको रूपमा काम गर्दै आएका द्वन्द्व कलाकारको संस्थाले नयाँ नेतृत्व पाएको छ । द्वन्द्व निर्देशक तथा द्वन्द्व कलाकारहरूको छाता...

अख्तियारको बढ्दो जिम्मेवारी

ललिता निवास जग्गा प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक वृत्तमा हात हालेपछि अख्तियारको जिम्मेवारी बढ्न गएको छ । अब आमजनता र भ्रष्टाचारपीडितले अख्तियारको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)