संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

तस्विर ; राजेश राइकाे फेशबुकबाट

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे विजय जुलुस निकाल्ने जनाएको हो ।

जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी भएर सम्बोधन गर्ने जनाइएको छ । उपत्यकाबाहिरका जिल्लामा पनि बिहानैदेखि जुलुस निकालिने जनाइएको छ।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने सम्भावना छ। दुबै अध्यक्षहरू अहिले चितवनमा छन् । उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

epaper

ताजा समाचार

वर्तमान सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन : प्रभु साह