Sunday, April 18, 2021
Home Breaking News पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

,

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार बुधबार सुनको जलहरी राखिएको हो ।

सुनको जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरी फर्किएकी हुन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जलहरी राख्ने काम सम्पन्न भएको र अब तीन दिनसम्म क्षमा पूजा गरिने जानकारी दिए । कार्यकारी निर्देशक खतिवडाका अनुसार पशुपति क्षेत्र विकास कोषको पहलमा राखिएको सो जलहरी पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनले पनि देख्न पाउनेछन् ।

जलहरी निर्माण कार्यमा करिब ८५ करोड रुपैयाँ खर्च भएको छ । जसमध्ये गत १२ माघमा पशुपतिनाथ मन्दिर पुगेका बेला प्रधानमन्त्री ओलीले ३० करोड रुपैयाँ सरकारका तर्फबाट दिने घोषणा गरेका थिए । दाताबाट केही रकम प्राप्त भएको थियो भने बाँकी कोष आफैंले जुटाएको थियो ।

राष्ट्रपति भण्डारीले जलहरी राखेपछि सो जलहरीको शिलालेख अनावरण गरेकी थिइन् । त्यसपछि सुनको जलहरीको प्राणप्रतिष्ठा गरिएको थियो । हाल यहाँ महाकुम्भ रुद्राभिषेक, सवा लाख दीप प्रज्ज्वलन र हवनसमेत भएको कोषले जनाएको छ । जलहरी राख्ने कामको मूलकर्ताका रूपमा प्रधानमन्त्री केपी ओली, कर्ता र साक्षीको रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, मूलभट्ट गणेश भट्ट, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, कोषाध्यक्ष एवं जलहरी निर्माण समितिका संयोजक डा. मिलनकुमार थापा र पुरातŒव विभागका महानिर्देशक दामोदर गौतम रहेका छन् ।

कोषका कोषाध्यक्ष थापाले जलहरी निर्माण कार्यमा करिब ८५ करोड रुपैयाँ खर्च भएको जानकारी दिए । जसमध्ये गत १२ माघमा पशुपतिनाथ मन्दिर पुगेका बेला प्रधानमन्त्री ओलीले ३० करोड रुपैयाँ सरकारका तर्फबाट दिने घोषणा गरेका थिए । सोही रकमसँगै एक जना दाताले २ करोड रुपैयाँ, अर्का एक जना दाताले १ केजी सुन र भक्तजनबाट ४० लाख रुपैयाँ संकलन भएको थियो भने बाँकी रकम कोषले जुटाएको थियो । कोषका अनुसार यसअघि पशुपतिनाथ मन्दिरमा पहिलोपटक तामा, दोस्रोपटक चाँदीको राखिएकोमा यसपटक सुनको जलहरी राखिएको हो । हाल बजारमा कायम भएको सुनको भाउअनुसार यो जलहरी अहिलेसम्मकै धेरै महँगो भएको कोषको भनाइ छ ।

(Visited 130 times, 1 visits today)
Loading comments...

आजको समाचार

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

साताका लोकप्रिय समाचार

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

चक्रब्युहमा नेपाली राजनीति

प्रारम्भ: माओवादी केन्द्रसँग चुनावी एकता गर्दै अघि बढेको एमाले र माओवादी केन्द्र अन्ततः दलीय एकता भंग गर्दै पुनः आआफ्नै कित्तामा खुम्चिन पुगेका छन् । प्रधानमन्त्री...

एमाले–जसपा सत्ता सहकार्य पक्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा प्रधानमन्त्री ओलीले...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

ट्रेन्डिङ

राजसंस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकारको माग

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आन्दोलनमा रहेका विभिन्न १६ वटा संघसंस्थाहरुले राजसंस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकार गठन गर्न माग गरेका छन् ।...

प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला...

राजस्व नतिर्ने १२३ कम्पनीको जायजेथा जफत गर्ने चेतावनी

काठमाडौं । सरकारले लामो समयसम्म राजस्व रकम नबुझाउने विभिन्न पाँचतारे होटल, रिसोर्ट र निर्माणसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिलाई अर्बौं रुपैयाँबराबरको रकम...

ओली–नेपाल सम्बन्ध टुट्ने अवस्थामा

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति...

अर्थ सचिव र नाडा प्रतिनिधिमण्डलबीच छलफल

काठमाडौं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिवसँग सवारीसाधन आयातका विविध विषयमा छलफल गरेको छ । अध्यक्ष कृष्णप्रसाद दुलालको नेत्रृत्वमा गएको १०...

प्रेमांगी भन्छन्– नेपालले कोभिड–१९ को संक्रमणमा विजयी पाउँछ

कोरोना भाइरस (कोभिड–१९) को महामारीले अहिले विश्व नै अत्यन्त जटिल अवस्थामा छ । कोभिड–१९ को संक्रमण नफैलियोस् भनेर विश्वका थुप्रै मुलुक झै नेपालमा ...

रौतहटमा कोरोना संक्रमितको संख्या १ सय ५ पुग्यो

रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रौतहटमा पनि ह्वात्तै बढेको छ । केही दिनयता रौतटहमा निरन्तर रुपमा संक्रमणको संख्या ह्वात्तै बढदै गएको हो...

आठ बर्षपछि अछाम – दैलेख जोड्ने मित्तेरी पुलको काम शुरु

दैलेख । दैलेखको आठविस नगरपालिका र अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कर्णाली नदी बन्द रहेको मित्तेरी पुलको निर्माणधिनको काम पुनः शुरु...

संवैधानिक निकाय प्रमुख र पदाधिकारीबाटै राज्यकोषमा दोहन

मधुजंग पाण्डे, काठमाडौं । राज्यका विभिन्न संवैधानिक निकायमा रहेर जनसेवा गर्ने महत्वपूर्ण दायित्वमा रहेका उच्च पदस्थले नै दोहोरो सुविधा लिएर राज्यकोषको दोहन गर्दै...

६ लाख पाउने लोभमा सामुहिक बलात्कारमा परेँ भन्दै झुटो विवरण दिने युवती पक्राउ

रौतहट । ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ परेकी छिन । २८ पुसमा ओखलढुंगा घर बताउने अन्दाजी...

रातो मच्छिन्द्रनाथको रथारोहण भोलि हुने

ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर...

अस्पतालको फोहर व्यवस्थापन फितलो रोग निम्तिने जोखिम

काठमाडौं । सरकारी अस्पतालबाट निस्कने स्वास्थ्य सेवाजन्य फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी नभएको पाइएको छ । अस्पताललाई रोगमुक्त गराउने थलो हो । तर, तीनै अस्पतालबाट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)