Sunday, April 18, 2021
Home अर्थ दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

दक्षिण एशियामै पहिलो, नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

,

काठमाडौँ । दक्षिण एशियामै पहिलो नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ । माटोमा रहेका विभिन्न तत्व वा गुणहरु देखाउनका लागि कम्प्युटर प्रविधिको प्रयोग गरी तयार गरिएको नक्सा नै डिजिटल नक्सा हो । माटोमा रहेका तत्वहरु र तिनलाई वातावरणीय कारणबाट पर्ने प्रभावसमेतलाई गणितिय तथा तथ्याङ्गीय मोडेलको माध्यमबाट प्रयोग शालामा विश्लेषण गरिएका माटाको नतिजाको आधारमा तयार गरिने यस्ता नक्साले माटो सम्बन्धी विभिन्न सूचना दिने गर्छन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय मोटा विज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपाल र नेपाल सीड एंड फर्टिलाइजर परियोजनाको सहयोगमा माटोको डिजिटल नक्सा तयार गरेको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्साको सार्वजनिक गरेका हुन् । माटोको डिजिटल नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेर बदल नआउने दावी गरे । प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारे पनि आफूलाई फरक नपरेको बताए । उनले भने, ‘उदय सविता रक्तो रक्तश्चास्तमये यथा । सम्पत्तौ च विपत्तौ च महतामेकरुपता’, सँस्कृतश्लोक उधृत गर्दै प्रधानमन्त्रीले भन्ने आफु जस्तोसुकै परिस्थितिमा पनि दृढताका साथ यो देश बनाई छोड्ने अभियान रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताए । ‘माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ । रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, उनले भने । किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्च सक्ने पनि प्रधानमन्त्रीले बताए । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । प्रधानमन्त्री ओली डिजिटल नक्साले माटोमा रहेका विभिन्न गुणहरुले बालीनालीको बृद्धि र उत्पादनकत्वमा महत्वपूर्ण भूमिका खेल्न बताए । उनले कृषकहरुले आप्mनो बमोइलबाट नै आफ्नाे खेत बारीको माटोका बारेमा जानकारी लिएर कृषि विज्ञहरुसँग छलफल गरी बाली लगाएर उत्पादन गर्न सक्ने बताए ।

प्रधानमन्त्री ओली अब कृषि उत्पादन डोको नाम्लोमा बोकेर बाटोमा विक्री गर्ने गरी कृषि उत्पादन गर्ने होइन भनेर विश्वबजारमा आप्mनो उत्पादन पुराउने गरी आधुनिक व्यवसायी गर्नु पर्ने बताए । उनले जति ठुलो मात्रामा कृषि उत्पादन ग-यो त्यति ठुलो बजार हुने बताए ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने तर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको बताइन् । मन्त्री अर्यालले माटोको विद्युतीय नक्सांकन मार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सक्ने किसानले लिन सक्ने बताइन् । उनले कृषि मन्त्रालयमार्फत दक्षिण एशियाकै पहिलो देश हुनेगरी माटोको डिजिटल नक्सा तयार गर्न सफल भएको बताइन् ।

कृषि अनुसन्धान परिषद्का अध्यक्ष दिपक भण्डारीले माटोको डिजिटल नक्सा मार्फत कुन ठाउँको माटोमा कति उर्वराशिक्त, अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा, माटोको बनोट लगायतका माटोका विभिन्न गुणहरु कृषकहरुले आप्mनो मोबाइल एप्सबाट नै सहजै रुपमा जानकारी लिन सक्ने उद्देश्यले नेपालमा माटोेको डिजिटल नक्सा तयार गरेको जानकारी दिए । उनले विगत चार वर्ष देखि अनुसन्धान गरी बल्ल माटोको नक्सा सार्वजनिक गर्न सफल भएको बताए ।

नक्साको आधारमा कृषकले आप्mनो जग्गामा मलको मात्रा कति प्रयोग गर्ने, कस्तो बाली लगाउन उपयुक्त हुने, आफ्नाे माटो कसरी सुधार गर्ने लगायतका विषयमा निर्णय लिन सक्ने छन् । अध्यक्ष भण्डारीले भने,‘ माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै नेपाल पहिलो भएको छ । यो नेपाली कृषकका लागि र देशकै लागि पनि गर्बको विषय बनेको छ, । ‘ नक्सा तयार गर्नका लागि देशभरिबाट २३ हजार २ सय ७३ वटा माटोका नमुनाको परीक्षण नतिजा विश्लेषण गरी नेपालको लागि उपयुक्त हुने प्रविधि अपनाई नक्सा तयार गरेको हो । उनले भने,‘ नक्सा मार्फत कृषकहरु र आम सरोकारवालाहरुले आफुलाई आवश्यक पर्ने स्थानको माटोको अवस्था र गुणबारे जानकारी लिन सक्ने छन् ।

नक्सांकन कार्यले नीति निर्माणकर्ता, अनुसन्धानकर्मी, कृषि प्रसारमा संलग्न प्राविधिकहरु, शिक्षक, प्राध्यापक, विद्यार्थी, कृषक, निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्ताहरुलाई माटोको अवस्था सम्बन्धि, आधारभुत जानकारी उपलब्ध लिन सक्ने भण्डारीले जानकारी दिए । उनले नक्साबाट माटोको स्वास्थ्यमा के कस्ता सुधार गरी बालीको उत्पादन र उत्पादनकत्व बढाउन समेत सहयोग पुग्ने जानकारी दिए । नेपालको माटोको उर्वरापन, अम्लीयपन, प्रांगारीक पदार्थको मात्रा, सुक्ष्म खाद्यतत्वहरुको सन्तुलन कसरी गर्ने सक्ने जस्ता कार्य गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

नेपालको माटो सम्बन्धी सूचना दिनका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी सहयोग नियोग ( यूएसएआइडी) को आर्थिक सहयोगमा अन्तराष्ट्रिय मकै तथा गहूबाली सुधार केन्द्रद्धारा सञ्चालित नेपाल बीउ तथा मल परियोजना मार्फत नेपालका विभिन्न स्थान विशेषका माटोको अवस्था झल्कने अन्तक्रियात्मक डिजिटल नक्सा तयार गरेको जानकारी दिए । भण्डारीले नक्सा तयार गर्न स्याटेलाइट इमेलका आधारमा माटोको गुणहरु निर्धारणमा भूमिका खेल्ने विभिन्न वातावरणीय कारकतत्वहरु मध्ये १ सय ६८ वटा कारक तत्वलाई मध्यनजर गरिएको जानकारी दिए । नक्साको प्रयोग विभिन्न मोबाइल एप्लिकेसन्स पनि तयार गरिने बताए ।

(Visited 133 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

साताका लोकप्रिय समाचार

पर्यटनका लागि दुर्भाग्यपूर्ण वर्ष

काठमाडौं । मंगलबारदेखि बिदा भएको विक्रम संवत् २०७७ साल मुलुकको पर्यटनका लागि एकदमै दुर्भाग्यपूर्ण वर्ष बन्यो । कोरोना भाइरस महामारीको प्रभावका कारण गत वर्ष...

पर्वतारोहण संघको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल पर्वतारोहण संघका सदस्यले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिउँ पग्लने, हिमनदी सुक्ने, हिमतालको आकार बढ्ने हिउँ नभएका नांगा पहाडमा पर्वतारोहण...

उदेशले सुनाए प्रेमध्वजका गीत

काठमाडौं । गायक उदेश श्रेष्ठले अग्रज गायक प्रेमध्वज प्रधानका गीतहरू गाएर दर्शकको मन जितेका छन् । उनले नयाँ गीत ‘मलाई तिमी मन प¥यो’ काठमाडौंमा...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

ट्रेन्डिङ

कोरोना सहायता कक्षको अनुगमन

बैतडी ।  भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सञ्चालनमा ल्याइएको स्वास्थ्य सहायता कक्षको सोमबार अनुगमन गरिएको छ । दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापा लगायतको...

बाढीको पानी निकासको विषयमा कुटाकुट हुँदा एक महिलाको मृत्यु

सप्तरी, राजविराज । बाढीबाट जोगिन पानीको निकास दिने विषयमा दुई पक्षबीच विवाद भई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । घटनामा दुई जना...

दाहाल–नेपाल समूहले लेख्यो नोट अफ डिसेन्ट

उदयपुर । जिल्ला निर्वाचन कार्यालय उदयपुरले निर्वाचन कार्यक्रम सम्बन्धमा सर्बपक्षिय तथा सर्बदलीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा आयोजित...

वीरमा पुगेका बिरामीको गुनासोः हामीलाई झुलाउँछन्, वास्तै गर्दैनन् !

मिति : २०७७ पुस ८ गते (बुधबार) समय : बिहान ७ बजे स्थान : वीर अस्पताल देशकै जेठो सरकारी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेको वीर अस्पतालमा...

एकैदिन साढे ६ अर्ब बढीको राजस्व छली मुद्दा, ६ अर्ब ६० करोड बिगो माग दाबी

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा विभिन्न फार्म र सञ्चालकविरुद्ध ६ अर्ब ६० करोड रुपैयाँ बिगो असुली...

संखुवासभामा १३ बर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा १३ बर्षीय बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने पक्राउ परेका छन् । बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरको साल्पासिच्छो...

एमसिसी संसदबाट पारित हुने सम्भावना न्यून

काठमाडौं । विद्युत् प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलरबराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता नेपालमा कार्यान्वयनको...

प्रत्येक प्रदेशमा सेनाको आइसोलेसन वार्ड

काठमाडौं । नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको छ । सेनाले...

एनआरएनए युकेको सहयोगमा १ सय ४६ जना नेपाल फर्किए

लन्डन । कोरोना महामारीका कारण बेलायतमा अड्किएका १ सय ४६ जना बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका...

ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न सुझाब

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न आग्रह गरेका छन् । ओलीले आइतबार आयोजित...

कोरोना संक्रमणबाट बाँचौं र बचाऔं

सामाजिक सञ्जालमा विगत केही दिनदेखि भ्रम फैलाउने कुरा प्रकाशित भइरहेका छन् । जस्तै : कोरोना केही होइन । यसले केही गर्दैन । मास्क लगाउनुहुँदैन...

‘उपचारमा धरौटी नलिनू’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम लिन थालेपछि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)