तेस्रो टेस्टः इग्ल्यिान्डविरुद्ध भारतको सजिलो जीत

अहमदावाद । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको हो ।

जितसँगै भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । इंग्ल्यान्डले दिएको ४९ रनको लक्ष्य भारतले बिना विकेटको क्षतिमा पुरा गर्यो । भारतका लागि दोस्रो इनिङ्स रोहित शर्माले अविजित रहदै २५ रन बनाए ।

यस्तै शुभमन गिलले अविजित १५ रन जोडे । यस अघि दोस्रो इनिङ्समा इंग्ल्यान्ड ८१ रनमा अलआउट भएपछि भारतले ४९ रनको लक्ष्य पाएको थियो । दोस्रो इनिङ्समा इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक २५ रन बनाए ।

कप्तान जोय रुटले १९ रन जोड्दा ओली पोपले १२ रन बनाए । भारतका अक्षर पटेलले ५ विकेट लिए । रविचन्द्र आश्विनले ४ विकेट लिए । त्यसअघि भारत पहिलो इनिङ्समा १ सय ४५ रन जोड्दा अलआउट भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा