७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन् । लालबनदी नगरपालिका वडा नं. ६ जनबादी चौक बस्ने स्थानिय रमेश गिरीको ७ महिने छोराको गाउँमैत्री बाल अस्पतालका डा अर्जुन लामाले केहि दिन देखि उपचार गरेका थिए भने बालकको स्वास्थ्य अवस्था नाजुक भएपछि शुक्रवार बिहान अन्य अस्पताल लैजान रिफर गरेका थिए ।
बालकको उपचारका लागि जनकपुर लैजाने क्रममा बाटैमा मृत्यु भएपछि शुक्रवार साँझ लालबन्दी तनाबग्रस्त बनेको थियो । बिरामी आफन्तले अन्तिम समयमा डा लामाले बालकको रेफर गरेको स्वास्थ्य स्थिती’bout जानकारी लिन खोज्दा मोबाइलमा पब्जी खेलेर बसेको र अभद्र व्यवहार गरेको स्थानियको भनाई छ ।

शुक्रबार साँझसम्म पिडित परिवार र अस्पताल पक्ष बिच छलफल भएको छ । अस्पतालले उपचार खर्च मिनहा गर्ने अस्पतालको सहमतिपछि अवरुद्ध राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 456 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
टिकट नपाउने भएपछि सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले कांग्रेस त्यागे