रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव पोखरेलले बताए । रोटरी क्लब अफ जाउलाखेलले आयोजना गरेको ‘रोटरी पब्लिक इमेज एन्ड रोल अफ मिडिया’ अन्तक्रियामा बोल्दै गर्भनर पोखरेलले भने, ‘१ सय १६ वर्ष पुरानो रोटरी क्लबले समाजमा सकरात्मक प्रभाव पार्ने काम मात्र गर्छ । ती काम सञ्चारमाध्यममा आए अझ प्रभावकारी हुन्छ ।’

सबैको लुकेको इच्छा हुन्छन्, रोटरी क्लबको पनि सदस्यता संख्या बढाउने भित्री इच्छा छ, सकरात्मक सोच भएका व्यक्तित्वलाई सदस्यता बनाउनका लागि क्लबले गरेको काम महत्वपूर्ण हुने गर्भनर पोखरेलले बताए । उनले भने, रोटरीले विभिन्न क्षेत्रमा झन्डै २ अर्ब ६७ करोड रुपैयाँको परियोजना सञ्चालन गरेको छ, ती परियोजना सदस्यता शुल्कबाट सञ्चालन भएको हो ।’

रोटरीले गरेको काम सञ्चारमाध्यममा आउनैपर्छ भन्ने चाहना रोटरी क्लबको होइन, सञ्चारकर्मीको जिज्ञासा मेट्दै गभर्नर पोखरेलले भने, ‘रोटरी के हो, यसले के गर्छ र कस्ता व्यक्ति यसको सदस्यता बन्न सक्छन् भन्ने’bout सञ्चारमाध्यमले बुझिदिन म आग्रह गर्छु ।’

अन्तक्र्रियामा दिइएको सुझावअनुसार स्थानीय सञ्चारमाध्यमसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता गभर्नर पोखरेलले गरे ।

रोटरी क्लब अफ जाउलाखेलकी प्रेसिडेन्ट बालिका गुरागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी पब्लिक इमेज एन्ड रोल मिडियाका ’boutमा पब्लिक कमिटीका चियर रबि बरालले पावरप्वाइन्ट प्रेजेन्टेशन गरेर सहभागीलाई सजिलो गरी बुझाएका थिए । पब्लिक इमेज कमिटीका चियर रविप्रसाद बरालले रोटरी र मिडिया हातेमालो गरेर अघि बढ्नका लागि सञ्चार क्षेत्रसँग आधारित ७ वटा लक्ष्य पावरप्वाइन्टमार्फत् प्रस्तुत गरेका थिए । डिस्ट्रिक्ट ट्रेनर राजेन्द्र शाक्यले कोभिड कहरमा नेपालमा रोटरीले गरेका कामको ’boutमा प्रकाश पारेका थिए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले रोटरीको गतिविधि नेपाली सञ्चारमाध्यमको समाचार कक्षसम्म पु-याउने वातावरण बनाउन आग्रह गरे । उनले भने, ‘दुई संस्थाबीच भएको ग्यापले गर्दा रोटरी क्लबले गरेका राम्रा कामहरु सञ्चारमाध्यमको समाचार कक्षसम्म पुग्दैन, त्यो ग्याप हट्नुपर्छ । दाङमा रोटरी क्लबले सञ्चालन गरेको कृषि पुस्ताकालयको उदाहरण दिँदै उपाध्यक्ष पोखरेलले भने, सकरात्मक सोच र राम्रो कामका लागि रोटरी विश्वव्यापी छ तर, यो कुरा थोरैलाई मात्र थाहा छ ।’

रोटरी क्लबले गरेको राम्रो काम सबैलाई थाहा होस् भनेर कार्यक्रम आयोजना गरिएको जाउलाखेल रोटरी क्लबकी अध्यक्ष बालिका गुरागराईले बताइन् । पब्लिक इमेजका माध्यममबाट रोटरीको सदस्यता बढोस् भन्ने चाहना भएको गुरागाइले भनाइ थियो ।

रोटरी क्लब अफ जाउलाखेलका पब्लिक इमेज कमिटीका चियर तिलक तिवारीले सञ्चालन गरेको कार्यक्रममा समाजसेवाको काम फेसन शोजस्तो भएको तर्क सञ्चारकर्मीहरुले राखेका थिए । कार्यक्रममा सञ्चारकर्मीहरुले रोटरी र संचारजगत विचको सहकार्यका सन्र्दभमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला अध्यक्ष शान्तराम बिडारी, नेपाल खबरको थीरलाल भुषाल, राष्ट्रिय समाचार समितिका जीवन भण्डारी, कान्तिपुर पब्लिकेशनका रामबहादुर रावल र दुर्गा खनालले मिडिया र रोटरी क्लबबीचको सम्बन्धका ’boutमा आफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित