नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट १९ वर्षीया छात्रा अञ्जु दाहालको मृत्यु भएको हो ।

उनी कोटेश्वरको मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन् । प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भएकी उनी ललितपुरको बागडोलमा डेरामा बस्दै आएकी थिइन् । सडक पार गर्ने क्रममा उनलाई जिपले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।
घटनापछि जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न