सेयर बजारमा उत्साह, ९० अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । पछिल्ला केही दिन क्रमश घट्दै गएको बजार साताको अन्तिम दिन बिहीबार लयमा फर्किएको छ ।

सरकार र नेत्र बिक्रम चन्द नेतृत्वको विप्लव माओवादीबीच सहमति भएपछि बजारमा थप उत्साह देखिएको हो । विप्लव समूह लामो समयदेखि हिंसात्मक राजनीतिमा लागेको थियो । अब यो समूहले हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा फर्किने घोषणा गरेको छ ।

यसबाट बिहीबार सेयर बजारले थप सकारात्मक सन्देश दिएको अनुमान गरिएको छ । बिहीवार नेप्से सूचक ९० अंकले बढेको छ । ६ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित