Wednesday, April 14, 2021
Home भर्खरै वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

सहमतिपत्र आज सार्वजनिक गरिँदै

,

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’ प्रतिबद्धता जनाएसँगै सरकारसँग तीनबुँदे सहमतिसमेत गरेको छ ।

यसअघि, सरकारले २८ फागुन २०७५ मा ‘राजनीतिक गतिविधि गर्न बन्देज गर्नेगरी’ सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । विप्लव समूहका थुनामा रहेका नेता–कार्यकर्ता छाड्ने र सरकार पक्षबाट लगाइएका मुद्दा खारेज गर्ने सहमति दुई पक्षबीच भएको छ । तर, विप्लव समूह संसदीय व्यवस्था विषयमा ‘जनमत संग्रह’ हुनुपर्ने माग विषयमा भने ‘व्याक’ भएको छ ।

यद्यपि, विकल्पमा संयुक्त सरकार गठन र सो मुद्दा आफ्नै ढंगबाट आन्दोलनका रूपमा जनतामाझ लैजाने सहमति भने जुटेको छ । दुवै पक्षबीचको तीनबुँदे सहमति आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको संयुक्त हस्ताक्षरसहित सार्वजनिक गरिँदै छ । दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सहमतिपत्र सार्वजनीकरणसँगै प्रधानमन्त्री र विप्लवले सम्बोधन गर्ने तय भएको छ ।

यसअघि, सरकारले बुधबार तीन र बिहीबार बिहान एक गरी विप्लव समूहसँग चारपटक औपचारिक वार्ता गरेको थियो । सरकारी पक्षले विप्लव समूहसँग ‘अनौपचारिक रूपमा दूतमार्फत पटकपटक वार्ता गर्दै आएको थियो ।

गत मंगलबार सरकारले विप्लव समूहसँग औपचारिक वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई सदस्य तोकेर समिति गठन गरेको थियो ।

सोही दिन विप्लव समूहले पनि ‘सरकारसँग वार्ता गर्न’ भन्दै आफ्नो तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वमा उदय चलाउने ‘दीपक’सहित दुई सदस्यीय वार्ता टोली गठन ग¥यो । दुवै पक्षबाट समिति बनेपछि मात्रै वार्ताले विकसित स्वरूप पाएको हो ।

को हुन् विप्लव ?
११ फागुन २०२४ मा रोल्पा केवरी गाउँमा चित्रबहादुर र खुसीमाया घर्तीका कान्छा सन्तानका रूपमा जन्मिएका हुन्, नेत्रविक्रम चन्द । २०५२ सालमा सुरु माओवादी जनयुद्धक्रममा भूमिगत भएपछि उनले उपनाम ‘विप्लव’ राखेका हुन् ।

रोल्पामै बाल्यकाल बिताएका विप्लवले लिवाङ बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी उत्तीर्ण गरेका थिए । उनका तीन दिदी र दुई दाजु छन् । सुभद्रा मल्लसँग वैवाहिक सम्बन्धपछि दुई छोरा र एक छोरी छन् ।

१ फागुन २०५२ मा माओवादी जनयुद्ध सुुरु हुँदा विप्लव विद्यार्थी राजनीतिमा उपाध्यक्ष थिए । यसपछि भने उनले २०५४ मा ललितपुर पार्टी सेक्रेटरी जिम्मेवारी पाए ।

२०५४ सालमा कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज जिम्मेवारीसमेत पाए, उनले । २०५५ भदौमा सम्पन्न पार्टीको चौथो विस्तारित बैठकबाट उनी माओवादी केन्द्रीय सदस्य बन्न सफल भए । त्यसको चार वर्षपछि पोलिटब्युरो सदस्य हुँदै उनी २०६१ मा रुकुम–रोल्पा आधार इलाका ब्युरो इन्चार्ज भए । त्यसपछि उनी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र बनेका थिए ।

तर, पार्टी बैठक, भेलामा खरो र स्पष्ट रूपमा उभिएर पार्टीभित्रका विसंगति विषयमा बोल्न थालेपछि प्रचण्डबाट टाढिन थालेको उनीनिकट बताउँछन् । विप्लवले जनयुद्ध रोकेर शान्ति प्रक्रियामा आउने नेतृत्व निर्णयप्रति अन्तरविरोध प्रस्तुत गरेका थिए ।

१८–२२ साउन २०६४ मा बालाजुमा भएको पार्टीको ५औं विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले कांग्रेस नेतृत्वको सरकारबाट ‘पार्टी फिर्ता हुनुपर्ने’ भन्दै नेतृत्वको विरोध गरे ।

३ असार २०६९ मा प्रचण्ड नेतृत्वको माओवादीमा विभाजन आयो । सोही वर्ष सम्पन्न महाधिवेशनले मोहन वैद्य ‘किरण’ अध्यक्ष, रामबहादुर थापा ‘बादल’ महासचिव र विप्लव सचिव भए । नेकपा–माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार ग¥यो । यसको मुख्य योजनाकार विप्लव नै थिए ।

वैद्य संरक्षक बनाएर थापा अध्यक्ष र आफू महासचिव बन्ने योजनाले सफलता नपाएका कारणबाट पनि विप्लव असन्तुष्ट थिए । यही असन्तुष्टिसँगै नेकपा–माओवादी पनि फुटाएर उनले ८ मंसिर २०७१ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरे र महासचिव आफैं बने । २०७३ फागुनमा उनले पार्टीको नाम ‘नेकपा’ राखेका हुन् ।

एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिको राजनीतिक मागको लय समातेका उनी तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखापरेका छैनन् ।

थुनामा रहेका छाड्न ‘सर्कुलर’
तीनबुँदे सहमतिपछि गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव समूह नेता–कार्यकर्ता छाड्न ‘सर्कुलर’ गरेको छ । गृह प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सरकार–विप्लव समूह सहमतिअनुसार नै नेता–कार्यकर्ता रिहा गर्न प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर गरिसकिएको छ ।

‘जिल्ला प्रशासन कायालयमार्फत हेरिएकालाई शुक्रबारसम्म छाड्न सर्कुलर भएको छ,’ गृह प्रवक्ता बुढाले बिहीबार राजधानीसँग भने, ‘अदालतमार्फत मुद्दा चलेकालाई प्रक्रिया पु-याउनेतर्फ सहजीकरण गर्न अघि बढ्न भनिएको छ ।’

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दा हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २८ फागुन २०७५ मा लगाइएको प्रतिबन्धयता विप्लव समूहका २ हजार ९८ नेता–कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १ सय २६ पुर्पक्षका लागि थुनामा र १८ जना हिरासतमै छन् ।

को–को छन् जेलमा ?
प्रहरीलाई हातपात गरेपछि पक्राउ परेका विप्लवका दाइ चन्द्रबहादुर चन्द ‘वीरगन्ज’ चितवन जेलमा छन् । स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ नख्खु कारागार र नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ काभ्रे हिरासतमा छन् ।

यसैगरी, ५ साउन २०७६ मा पक्राउ परेका केन्द्रीय सदस्य माइला लामा संखुवासभा जेलमा छन् । केन्द्रीय सदस्य चूँडामणि ओली हातहतियार मुद्दामा बाजुरा जेलमा छन् । केन्द्रीय सदस्य भरत बम बर्दिया र केन्द्रीय सदस्य ओम पुन कैलाली जेलमा छन् ।

फौजदारी कार्यविधि संहिता–०७४ अनुसार राजनीतिक मुद्दा मन्त्रिपरिषद्ले महान्यायाधिवक्तासँग परामर्श गरेर फिर्ता लिने निर्णय गर्न सक्छ । गृह मन्त्रालयले मुद्दा फिर्ता प्रस्ताव लगेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर महान्यायाधिवक्ता कार्यालयलाई निर्णय कार्यान्वयनका लागि आग्रह गर्नुपर्ने कानुनी प्रावधान छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार विप्लव नेता–कार्यकर्ता रहेका सम्बन्धित जिल्लाका सरकारी वकिलले मुद्दा फिर्ताका लागि सरकारको निर्णयसहित निवेदन दिनुपर्छ । सो निवेदनउपर न्यायाधीशले सुनुवाइ गरेर राजनीतिक मुद्दा फिर्ता निर्णय सदर आदेश गरेपछि मात्रै अदालतबाट मुद्दा खेपिरहेका विप्लव नेता–कार्यकर्ता रिहा हुनेछन् ।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

साताका लोकप्रिय समाचार

कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न सबै आरोपीले पाए सफाइ

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका सबै प्रतिवादीलाई उच्च अदालत पाटन, हेटौंडा इजलासले सफाइ दिने फैसला गरेको छ ।...

कोरोना महामारीबाट मुक्ति र शान्तिका लागि कलश यात्रा

सप्तरी, राजविराज । कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै यहाँका एक धार्मिक संस्थाले कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरेका छन् । राजविराजस्थित...

नेपाल पत्रकार महासंघमा पोख्रेलको प्यानल विजयी

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन्...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।...

अध्यक्ष शेरचन विभूषित

काठमाडौ । राजधानी न्युज पव्लिकेशन प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक महेन्द्र शेरचन सुप्रवल जनसेवाश्री (तृतीय) बाट विभूषित भएका छन् । अध्यक्ष शेरचन राष्ट्रपति विद्यादेवी...

ट्रेन्डिङ

कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक पदाधिकारीको बैठक बोलाएको छ । संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न आइतबार दिउँसो १ बजेका लागि...

दक्षिणपूर्वी एसियामा कोरोना महामारी फैलन सक्ने चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण पूर्वी एसियाली देशमा कोरोना भाइरसको महामारी फैलन सक्ने चेतावनी दिएको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन...

मुलुकभर ८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

काठमाडौं । मुलुकभर ८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । उच्च पहाडी क्षेत्रमा दोस्रो सातादेखि सुरु भएको धान रोपाइँ ३१ असारसम्ममा मुलुकभर ८१.५८...

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २ हजार भन्दा बढी

बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार भन्दा बढी भएको चिनियाँ स्वास्थ्य अधिकारीले बुधबार जनाएका छन् । गत वर्षको...

कर्णाली प्रदेश सरकारका ३ मन्त्रीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका ३ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरूले राजीनामा दिएका हुन्...

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाले महिना नपुग्दै बच्चा जन्माएकी थिइन्

काठमाडौं । कोरोना संक्रमणबाट  मृत्यु हुने पहिलाे महिलाको एक महिना अघि नै नर्मल डेलीभरी भएको परिवारका सदस्यले जनाएका छन् । चिकित्सकले जेठको अन्तिम साता...

प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको मुत्यु

झिमरुक । प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी...

एकातिर जनताको समस्या, अर्कोतिर सरकार र नेकपा

काठमाडौं । कोभिड–१९ र लकडाउनका कारण सर्वसाधारणलाई हातमुख जोड्न समेत समस्या परिरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार र पार्टी नेताहरू स्वार्थ...

कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन

धनुषा । धनुषामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएकाका आधारमा आज धनुषाका पत्रकारको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष...

शसस्त्र प्रहरीद्वारा अबैध बिंडी बरामद

बैतडी । भारतबाट अबैध रुपमा ल्याइरहेको अवस्थामा शसस्त्र प्रहरीको टोलीले बैतडीमा ५२ हजारको बिडी बरामद गरेको छ । सीमा सुरक्षाको लागि झुलाघाटमा स्थापना गरिएको...

अब क्वारेन्टाइनबाट भागे तत्काल थाहा हुने

काठमाडौं । सरकारले क्वारेन्टाइनबाट भाग्ने व्यक्तिबारे तत्काल सूचना पाइने गरी एप्स प्रयोगमा ल्याएको छ । गृह मन्त्रालयले सोमबारबाट कोरोना संक्रमणको सम्भावना भएर क्वारेन्टाइनमा बसेका...

संघीय प्रणालीको चीरहरण

आरोप: नेपालमा कहिल्यै परीक्षण नभएको, जनताले ठ्याम्मै नबुझेको, देशको अर्थतन्त्रको औकातले धान्ला नधान्ला भनी फिटिक्कै विचार नगरिएको र जनतामाझ लाँदै नलगिकनै केही व्यक्तिले बन्द कोठामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)