काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले घट्दा बजार पुँजीकरण ६५ अर्ब ७४ करोड ४४ लाख भन्दा बढीले घटेको हो ।
यस साताको बजारमा लगानीकर्ता ‘प्यानिक सेल’ को अवस्थामा देखिएका थिए । विशेष गरी नयाँ र साना लगानीकर्ताहरुले मनोविज्ञान कमजोर बनाउँदा बजार थप प्रभावित बनेको थियो । बजार प्रवेश गरेका नयाँ लगानीकर्ता नेप्से घट्न थालेपछि थप आत्तिएर बिक्री क्रम बढाउदा बजार थप तल झरेको अनुमान गरिएको थियो । जानकारहरुका अनुसार लगानीकर्ताहरु यसरी आत्तिनु हुँदैन ।
दोब्बरले बढेको बजारमा करेक्सनु सामान्य हुन्छ । बजारमा आउने उतारचढावलाई सामान्य रुपमा लिन सक्ने क्षमता लगानीकर्तामा विकास हुनु पर्ने देखिन्छ । साताको अन्तिम दिन भने सरकार र हिंसात्मक आन्दोलनमा उत्रिएको विप्लप समूहबीच सहमति हुनुले बजार बढेको थियो । यसका साथै केहि दिन निरन्तर बजार घट्दा सेयर भाउ निकै सस्तो हुनुले बजारमा लगानीकर्ताले सस्तो सेयरमा लगानी गरेका कारण समेत बिहिबार बजार बढ्न सहयोग पुगेको थियो ।
लामो समयदेखि हिंसाको राजनीतिमा उत्रिएको नेकपा विप्लप समूहले अब हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेको छ । यसले समग्र मुलुककै लागि सकारात्मक सन्देश दिएको छ । सोही कारण सेयर बजारमा यसको निकै राम्रो प्रभाव परेको हो ।
२२६ कम्पनीहरुको कारोबार भएको बजारमा ३२ अर्ब ४८ करोड एक लाख ५९ हजार ७६ रुपैयाँ बराबरका ६ करोड ८९ लाख ७७ हजार ४४६ कित्ता सेयर खरिद बिक्रि भएका छन् । गत साता २२० कम्पनीहरुको कारोबार भएको बजारमा ३८ अर्ब ६० करोड २६ लाख २६ हजार ३१८ रुपैयाँ बराबरका ९ करोड ६२ लाख १७ हजार ०७३ कित्ता सेयर खरिद बिक्रि भएका छन् । साताको अन्त्यसम्म आईपुग्दा बजार पुँजीकरण ३४ खर्ब ५३ अर्ब ७४ करोड ३६ लाख ४० हजार पुगेको छ ।
साताको तिन दिन घटेको नेप्से सुचक दुई दिन भने बढेको छ । पहिलो दिन आइतबार दुई हजार ५५४ दशमलव १४ को बिन्दुबाट सुरु भएको नेप्से परिशुचक ७९ दशमलव ७४ अंकले बढेर बन्द भएको थियो । भने सोमबार बजार सुचक ४० दशमलव ६४ अंकले बढेको थियो । मंगलबार ५९ दशमलव ७० अंक र बुधबार ३९ दशमलव २३ अंकले घटेको थियो । साताको अन्तिम दिन बिहिबार भने बजारमा उत्साहा देखिएको थियो । यस दिन ९० दशमलव ६७ अंकले बजार बढेको हो । साताभरि पहिलो दिनको तुलनामा ३२ दशमलव २९ अंकले घटेको छ ।
यस साता ४ वटा कम्पनीका बोनस नेप्सेमा सुचिकृत भएका छन् । एसबीआई बैंकको ५३ लाख ७३ हजार ७२३ दशमलव ३३ कित्ता, प्रभु बैंकको एक करोड तिन लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता, मन्जुश्री फाईनान्स् १४ लाख ७२ हजार ६३६ दशमलव २७४६ कित्ता र तिनाउ मिसन डेभ्लोपमेन्ट बैंकको १० लाख ८७ हजार ८७६ दशमलव ३२०५ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । सातामा नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला भएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव १८ अंकले बढेर ४५१ दशमलव ४७ अंकमा आईपुगेको छ ।