भारतमा बस दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु

दैलेख । भारतमा बस दुर्घटना हुँदा दैलेखका ४ जना नेपालीको मृत्यु भएको छ । मुत्यु हुनेमा दुल्लू नगरपालिका १३ खर्चेगरा भीमबहादुर रावल, श्रीमति बुद्धि रावल र भतिज टोपेन्द्र रावल हुन् ।

दुर्घटनामा दुल्लु नगरपालिका–१३ तोलीपानीका तिलक घर्तीको पनि मृत्यु भएको भीमका भाई महेन्द्र रावलले जानकारी दिनुभयो । रावलकाअनुसार दुर्घटनामा भीमबहादुरका छोरा प्रकाश रावल गम्भीर घाइते छन् ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भारतको मुम्बईमा रोजगारीका गएका रावल नेपाली नेपाल फर्कदै थिए । उल्ला दुर्घटनामा अन्य नेपालीहरु पनि रहेको र उनको पहिचान नखुलेको महेन्द्रले बताए । रुपैडियातर्फ आउँदै गरेको बस भारतको उत्तरप्रदेशको ग्रेटर नोयडामा दुर्घटना भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे नाैमूलेमा प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा समाजवादी विजयी