Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश २मधानी महायज्ञ विशेष समारोहको तयारी पूरा

मधानी महायज्ञ विशेष समारोहको तयारी पूरा

,
sharethis

गौर । रौतहटको मौलापुरमा हुने ‘मधानी महायज्ञ विशेष समारोह २०७७’ को तयारी पुरा भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।

आज (शनिबार) मौलापुर नगरपालिकाले पतौरास्थित पुरातात्त्विक महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी मधानी महायज्ञ विशेष समारोह आयोजनामा हुने कार्यक्रम सार्वजनिक गरेको छ ।

महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मेला, सांस्कृतिक कार्यक्रम तथा कुस्ती प्रतियोगिता लगायतको कार्यक्रम हुने मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले बताईन् ।

महादेव मन्दिर प्राङ्गणमा हुने महायज्ञको मुल समारोहको उद्घाटन फागुन २७ गते उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तथा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश झासहित संघका विभिन्न मन्त्रीहरुको उपस्थिति रहने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।

सोही दिन उद्घाटन लगत्तै हुने सांस्कृतिक कार्यक्रममा भारतका भोजपुरी सिने जगतका सुपरस्टार अभिनेत्री अक्षरा सिंह, अभिनेता प्रदीप पाण्डे ’चिन्टु’ तथा चर्चित नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

पर्यटन प्रवर्द्धन गर्नका लागि आयोजना हुन लागेको कार्यक्रम विकास विरोधी तत्वहरुलाई नपचेकोले कार्यक्रम र यस धर्तीलाई बदनाम गर्न उद्धत कुनै पनि भ्रमको पछि नलाग्न आयोजकले आग्रह समेत गरेको छ ।

‘गत वर्षकै निरन्तरता स्वरुप मौलापुर नगरपालिकाले यस वर्ष पनि स्थानीयहरुको उत्साहवर्द्धक सहयोग, सदभाव एवम् सक्रिय सहभागितामा ‘मधानी महायज्ञ विशेष समारोह–२०७७’ को आयोजना गर्न लागेको कुरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउन चाहन्छौँ’ मौलापुर नगरपालिकाका मेयर साहले भनिन्, ‘यस वर्ष हामीले यहाँको मौलिक धार्मिक अनुष्ठान मधानी (कमरथुवा) निरन्तर एक हप्तासम्म भारत वृन्दावनको रासलिला (शिवलिला), नेपाल तथा भारतका चर्चित सुपरस्टार तथा कलाकारहरुको साँस्कृतिक प्रस्तुति, विभिन्न खेल तमासा, नेपाल भारतका प्रतिष्ठित कुस्ति खेलाडी (पहलमान)हरुको प्रतिस्पर्धा, देशका विशिष्ट राजनीतिक नेतृत्व एवं व्यक्तित्वहरुको विशेष उपस्थितिसहितको समारोह आयोजना गर्न लागेका छौं ।’

फागुन २६ गते राति ८ बजे भारत वृन्दावनको रासलिला (शिवलिला) एक हप्तासम्म, फाल्गुन २७ गते दिउँसो १० बजे मधानी महायज्ञ विशेष समारोह–२०७७ उद्घाटन गर्ने तथा दिउँसो ११ बजे देखि नेपाली तथा भारतीय चर्चित कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ । त्यस्तै फाल्गुन २८ गते विहान १० बजे नेपाली तथा भारतीय चर्चित पहलमानहरुको सहभागितामा विशाल दंगल (कुस्ती) प्रतियोगिता आयोजना हुनेछ ।

पर्यटन प्रवर्द्धन गर्नका लागि आयोजना हुन लागेको कार्यक्रम विकास विरोधी तत्वहरुलाई नपचेकोले कार्यक्रम र यस धर्तीलाई बदनाम गर्न उद्धत कुनै पनि भ्रमको पछि नलाग्न आयोजकले आग्रह समेत गरेको छ ।

गत वर्ष कलाकारहरुमाथि जुत्ता चप्पल प्रहार गर्ने कार्यको सराहना गर्नेहरु नै अहिले विभिन्न भ्रम फैलाएर कार्यक्रमलाई प्रभावित पार्न अर्नगल प्रचारबाजी भएकोप्रति नगरपालिकाले खेद प्रकट गरेको छ । नितान्त नगरपालिका र स्थानीयको कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साहको नाम जोडेर सामाजिक सञ्जाल एवम् मिडियामार्फत मानहानी गर्न खोजिएको कार्यलाई नगरपालिकाले आपराधिक कार्य भन्दै महायज्ञ सफल पार्न आयोजकले आह्वान गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख साहले ‘अतिथि देवो भवः’ मान्ने हाम्रो समाजमा अतिथिमाथि दुर्व्यवहार गर्नेलाई सराहना गर्ने प्रवृत्ति, बच्चा जन्मेको खुशी भन्दा प्रसुतिको रगत देखेर दुखी हुने प्रवृत्ति र राजनीतिक प्रतिस्पर्धा गर्नुभन्दा अरुको चरित्र हत्या गरेर आफुलाई सर्वश्रेष्ठ देखाउने प्रवृत्तिलाई परास्त गर्न जरुरी रहेको बताइन् । उनले पुरातात्त्विक महादेव मन्दिरको उत्खनन एवम् पुनर्निर्माण कार्यलाई निरन्तरता दिदै मौलापुरलाई एउटा सुन्दर धाम बनाउने र उक्त मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउन साथ दिन आग्रह गरिन् ।

यस मन्दिरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार गर्न तथा भिजिट नेपाल २०२० लाई सहयोग पुग्नेगरी गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ‘मधानी महायज्ञ २०७६’ आयोजना भएको थियो । सो अवसरमा भारतीय भोजपुरी सिने जगतका सुपरस्टार दिनेश लाल यादव ’निरहुआ’, आम्रपाली दुबे, गायिका इन्दु सोनाली तथा नेपाली सिने जगतका सुपरस्टार निखिल उप्रेती, नायिका केकी अधिकारी लगायत दर्जनौँ चर्चित कलाकारहरुको सांगितिक तथा सांस्कृतिक कार्यक्रममा तीन लाखभन्दा बढी दर्शकहरुको सहभागिता रहेको थियो ।

मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर १२०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो । सो मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन मौलापुर नगरपालिकाले मन्दिरको संरक्षण एवम् प्रचारको कार्य गर्दै आएको हो । देशको नयाँ सय वटा पर्यटकीय गन्तव्यमा समेत उक्त मन्दिर छनोट भएको छ ।

(Visited 110 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

‘पारसको सन्न्यास’ एक युगको अन्त्य

काठमाडौं । नेपाली क्रिकेट समर्थकले अब पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सधैं मिस’ गर्नेछन् । कारण नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान पारस...

कोरोना संक्रमितले भरियो टेकु अस्पताल, टहरामै बिरामीको उपचार (फोटोफिचर)

  काठमाडौं । एक साता यता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएका छन् । संक्रमितका लागि ४० वटै बेड बिरामीले भरिएपछि...

संक्रमण दर ह्वात्तै बढेपछि आज सीसीएमसीको बैठक बस्दै, निषेधाज्ञा कडा पारिने सम्भावना

काठमाडौं । पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि त्यसबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज दिउँसो ४ बजे...

एमसीसी सम्झौता राष्ट्रहितमा छैन, राष्ट्रघाती छ : भीम रावल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष...

स्वास्थ्य संगठन जनशक्ति संरचना भद्रगोलः नेतृत्वमै सेवा समुह एउटा महाशाखा अर्कै

काठमाडौं । स्वास्थ्य मन्त्रालय मातहत संघमा रहने अस्पताल-केन्द्रहरू र प्रदेश सामाजिक विकास मन्त्रालय मातहत रहने निकायहरूको संगठनात्मक संरचना तयार पारिएपनि लागु हुन सकेको छैन...

ट्रेन्डिङ

सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाै : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

११ बजेअघि कार्यकक्षमा भेटिँदैनन् कर्मचारी

काठमाडौं । औषधिको नियमन गर्ने नेतृत्वदायी संस्था औषधि व्यवस्था विभाग जहिल्यै पनि कार्यालय समयकै सुरुवाती चरणमा ३० मिनेट बैठक बस्ने गर्छ । ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)