पोखरा । श्रीराम सिग्देललाई जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकार संघ पोखरा शाखाले संस्थापक अध्यक्ष सिग्देललाई पहिलो पटक सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । २५ हजार रुपैयाँ राशिको सो पुरस्कार फागुन २९ मा संघको साधारणसभा अवसरमा प्रदान गरिने संघले जनाएको छ । उनी २ दशक बढी समयदेखि रंग पत्रकारितामा क्रियाशील छन् ।
पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा संघका निवर्तमान अध्यक्ष रेम बिक र पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान सदस्य रहेको छनोट समिति गठन भएको थियो । पदेनसदस्यमा अध्यक्ष अरुण गिरी र सचिव प्रभु अधिकारी थिए । सिग्देलकै अध्यक्षतामा चलचित्र पत्रकार संघ पोखरा शाखा २०६० असार २२ मा स्थापना भएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)






