मुम्बई । शाहरुख खानकी छोरी सुहाना खान चर्चामा आइरहने ‘स्टारपुत्री’ का रुपमा चिनिन्छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय सुहाना आफ्ना तस्विर र भिडियो मार्फत फ्यानसंग जोडिएकी छिन् । हालै उनले इन्स्टाग्रामको स्टोरीमा शेयर गरेको एउटा तस्विर भाइरल भयो । उनले मिरर सेल्फी इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी थिइन् ।
सुहानाको उक्त तस्विरले धेरैलाई लोभ्यायो । उनको इन्स्टाग्राममा काफी फ्यान छन् । आफ्नो पढाइ सकिएपछि बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी सुहाना अभिनय सिक्ने तयारीमा छिन् । उनका पिता शाहरुख खानले केही अघि भनेका थिए ‘कम्तिमा तीन वर्ष अभिनय सिकेर मात्रै सुहाना अभिनयमा प्रवेश गर्छिन् ।’
तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)





